कञ्चनपुर। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा मुछिएका ८ प्रहरी अधिकारीहरूले सफाइ पाएका छन्। प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको र यातना दिएको अभियोगमा तत्कालिन कञ्ञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा उजुरी परेको थियो।
जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले अभियोग पुष्टि नभएको फैसला गरेका हुन्। उनीहरूविरुद्ध परेको दुई वटा मुद्दा प्रमाण नष्ट गरेको र यातना दिएको विषयमा अभियोग पुष्टि गर्ने आधार नदेखिएको भन्दै सफाइ दिने फैसला भएको श्रेस्तेदार यदुराज शर्माले जानकारी दिए।
निर्मलाकी आमा दुर्गादेवी र हत्या अभियोगमा पक्राउ परेका दिलिप बिष्टका दाई खड्कसिंह विष्टले एसपी बिष्टसहित ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जीसी, डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकहरू एकीन्द्रबहादुर खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी सावदविरुद्ध मुद्दा हालेका थिए।
दुर्गादेवीले प्रमाण नष्ट गरेको र खड्कसिंहले यातना दिएको भन्दै मुद्दा हालेका थिए। जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो।
मुद्दा परेपछि एसपी विष्टले २०७५ चैत ५ गते प्रमाण नष्ट गरेकोमा साढे ४ लाख रुपैयाँ र यातना दिएकोमा ६ लाख गरी साढे १० लाख धरौटी बुझाएर छुटेका थिए। त्यस्तै डीएसपी जीसी यातना सम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेकोमा ४ लाख गरी ९ लाख धरौटी बुझाएका थिए। अन्य प्रहरी अधिकारी पनि धरौटीमा रिहा भएका थिए। उनीहरू प्रहरी सेवाबाट निलम्बित अवस्थामा छन्।
अदालतको फैसलालाई निलम्बित एसपी बिष्टले सकारात्मक भनेका छन्। देखापढीसँग कुरा गर्दै विष्टले फैसलाले सत्यको जित भएको प्रतिक्रिया दिएका हुन्।
२०७५ साउन ११ गते साथीको घरमा गएकी कञ्चनपुरको भिमत्तदनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। जुन घटनामा संलग्न अझै पत्ता लाग्न सकेको छैन।
" /> कञ्चनपुर। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा मुछिएका ८ प्रहरी अधिकारीहरूले सफाइ पाएका छन्। प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको र यातना दिएको अभियोगमा तत्कालिन कञ्ञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा उजुरी परेको थियो।जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले अभियोग पुष्टि नभएको फैसला गरेका हुन्। उनीहरूविरुद्ध परेको दुई वटा मुद्दा प्रमाण नष्ट गरेको र यातना दिएको विषयमा अभियोग पुष्टि गर्ने आधार नदेखिएको भन्दै सफाइ दिने फैसला भएको श्रेस्तेदार यदुराज शर्माले जानकारी दिए।

">