पहिरो हटाएर पृथ्वीराजमार्ग दुईतर्फी सञ्‍चालनमा <p>काठमाडाै&zwnj;ं।&nbsp;पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग &nbsp;दुईतर्फी सञ्चालनमा&nbsp;आएको &nbsp;छ। अविरल वर्षासँगै &nbsp;सो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा पहिरो खस्दा बिहान ८:५५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको थियो।</p> <p>एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। बिहान निरन्तर पानी परेकाले पहिरो हटाउन समय लागेको थियो।</p> <p>रासस</p>
प्रतिक्रिया दिनुहोस्