प्रहरीलाई आर्थिक प्रलोभन देखाउने चालक पक्राउ <p>काठमाडौं। मकवानपुरको भीमफेदी गाउँपालिका-२ भैंसेस्थित चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाएर दुर्ब्यवहार गरेको अभियोगमा एक जना चालक पक्राउ परेका छन्।</p> <p>रौतहटको चन्द्रपुर नगरपालिकामा डेरा गरी बस्ने महोत्तरी साविक गौशाला नगरपालिका-१० घर भएका रामगणेश साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।</p> <p>उक्त स्थानमा खटिएको प्रहरीले रौतहट चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ८९७१ नम्बरको मारूती भ्यानलाई जाँच गर्ने क्रममा उक्त भ्यानमा सुरक्षा मापदण्ड विपरीत बढी सङ्ख्यामा मानिसहरू चढाएको पाइएकाे थियो। र,&nbsp;त्यस्तो नगर्न भन्दा आर्थिक प्रलोभन देखाइ दुर्ब्यवहार गरेको प्रहरीले जनाएको छ।</p> <p>साहविरुद्ध सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्