पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख नाघेको जनाइएको छ।
पेरुमा गत ६ हप्ताभन्दा बढी समयदेखि नै कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ।
पेरुमा राष्ट्रव्यापी रूपमा कोरोना भाइरस सङ्क्रमणको कारण १९ हजार व्यक्तिको मृत्यु भइसकेको छ। ल्याटिन अमेरिकी देश ब्राजिल र मेक्सिकोपछि कोभिड-१९ को सङ्क्रमितको संख्या पेरुमा बढी रहेको छ।
गत २४ घण्टामा पेरुमा कोरोना भाइरस सङ्क्रमणको कारण २०४ व्यक्तिको मृत्यु भएको र पाँच हजार ६७८ व्यक्ति थप सङ्क्रमित भएका छन्। यो संख्या गत जुन १२ पछिको सबैभन्दा बढी भएको समाचारमा जनाइएको छ।
पेरुले राजधानी लिमालगायत देशका कैयौ क्षेत्रहरूमा गत जुलाई १ देखि राष्ट्रव्यापी लकडाउन हटाएको थियो। रासस/एएफपी
" /> पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख नाघेको जनाइएको छ।पेरुमा गत ६ हप्ताभन्दा बढी समयदेखि नै कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ।

">