काठमाडौं। राजधानीको मुख्य क्षेत्र कमलादीमा प्रहरीकै अगाडि हातहतियार र सुनचाँदी फ्याँकेर भागेको घटना शङ्कास्पद देखिएको छ। मङ्गलबार प्रहरीकै अगाडि काठमाडौंको कमलादीमा त्यसरी सामान फ्याँक्ने व्यक्तिको अझै पहिचान हुनसकेको छैन। जाँच गर्ने क्रममा काठमाडौंको कमलादीमा बा.६ च ५५१९ नं को स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले पिछा गरेको  र त्यसपछि बाटामै कपडाको झोला फ्याँकेर गाडी भागेको महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको थियो।

प्रहरीले पिछा गरे पनि गाडी कता गयो भनेर पत्ता लगाउन सकेको छैन। घटनाको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको छ। अझै केही व्यक्तिलाई नियन्त्रणमा लिन बाँकी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

अनुसन्धानकै घेरामा रहेकाले अहिले नै घटना यसकारण भएको हो भनेर भन्न नसकिने प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। उनले छानबिन समिति गठन गरिएकाले प्रतिवेदन आएपछि यकिन भन्न सकिने बताए। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख पोखरेलका अनुसार गाडीको भने पहिचान भइसकेको छ।

उनीहरुले फ्याँकेको झोला हेर्दा दुई थान म्याग्जिनसहित पेस्तोल र एक किलोका आठ थान, २५० ग्रामका २६ थान र ५०० ग्रामको एक थान धातु प्रहरीले बरामद गरेको थियो। उक्त धातु धेरै चाँदी र केही सुन रहेको जनाइएको छ।

महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार उक्त घटनामा प्रहरीको पनि संलग्नताको आशङ्कामा त्यसतर्फ अनुसन्धान अघि बढाइएको छ। उक्त घटनाको छानबिनका लागि महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। दोस्रो दिनमै त्यस समितिको संयोजक परिवर्तन गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सुशील यादवलाई जिम्मेवारी दिइएको छ।

रासस

" /> काठमाडौं। राजधानीको मुख्य क्षेत्र कमलादीमा प्रहरीकै अगाडि हातहतियार र सुनचाँदी फ्याँकेर भागेको घटना शङ्कास्पद देखिएको छ। मङ्गलबार प्रहरीकै अगाडि काठमाडौंको कमलादीमा त्यसरी सामान फ्याँक्ने व्यक्तिको अझै पहिचान हुनसकेको छैन। जाँच गर्ने क्रममा काठमाडौंको कमलादीमा बा.६ च ५५१९ नं को स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले पिछा गरेको  र त्यसपछि बाटामै कपडाको झोला फ्याँकेर गाडी भागेको महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको थियो।

प्रहरीले पिछा गरे पनि गाडी कता गयो भनेर पत्ता लगाउन सकेको छैन। घटनाको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको छ। अझै केही व्यक्तिलाई नियन्त्रणमा लिन बाँकी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

अनुसन्धानकै घेरामा रहेकाले अहिले नै घटना यसकारण भएको हो भनेर भन्न नसकिने प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। उनले छानबिन समिति गठन गरिएकाले प्रतिवेदन आएपछि यकिन भन्न सकिने बताए। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख पोखरेलका अनुसार गाडीको भने पहिचान भइसकेको छ।

उनीहरुले फ्याँकेको झोला हेर्दा दुई थान म्याग्जिनसहित पेस्तोल र एक किलोका आठ थान, २५० ग्रामका २६ थान र ५०० ग्रामको एक थान धातु प्रहरीले बरामद गरेको थियो। उक्त धातु धेरै चाँदी र केही सुन रहेको जनाइएको छ।

महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार उक्त घटनामा प्रहरीको पनि संलग्नताको आशङ्कामा त्यसतर्फ अनुसन्धान अघि बढाइएको छ। उक्त घटनाको छानबिनका लागि महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। दोस्रो दिनमै त्यस समितिको संयोजक परिवर्तन गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सुशील यादवलाई जिम्मेवारी दिइएको छ।

रासस

"> सुन र हतियार फ्याँकेर भागेको घटना शङ्कास्पद: Dekhapadhi
सुन र हतियार फ्याँकेर भागेको घटना शङ्कास्पद
काठमाडौं। राजधानीको मुख्य क्षेत्र कमलादीमा प्रहरीकै अगाडि हातहतियार र सुनचाँदी फ्याँकेर भागेको घटना शङ्कास्पद देखिएको छ। मङ्गलबार प्रहरीकै अगाडि काठमाडौंको कमलादीमा त्यसरी सामान फ्याँक्ने व्यक्तिको अझै पहिचान हुनसकेको छैन। जाँच गर्ने क्रममा काठमाडौंको कमलादीमा बा.६ च ५५१९ नं को स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले पिछा गरेको  र त्यसपछि बाटामै कपडाको झोला फ्याँकेर गाडी भागेको महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको थियो।

प्रहरीले पिछा गरे पनि गाडी कता गयो भनेर पत्ता लगाउन सकेको छैन। घटनाको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको छ। अझै केही व्यक्तिलाई नियन्त्रणमा लिन बाँकी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

अनुसन्धानकै घेरामा रहेकाले अहिले नै घटना यसकारण भएको हो भनेर भन्न नसकिने प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। उनले छानबिन समिति गठन गरिएकाले प्रतिवेदन आएपछि यकिन भन्न सकिने बताए। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख पोखरेलका अनुसार गाडीको भने पहिचान भइसकेको छ।

उनीहरुले फ्याँकेको झोला हेर्दा दुई थान म्याग्जिनसहित पेस्तोल र एक किलोका आठ थान, २५० ग्रामका २६ थान र ५०० ग्रामको एक थान धातु प्रहरीले बरामद गरेको थियो। उक्त धातु धेरै चाँदी र केही सुन रहेको जनाइएको छ।

महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार उक्त घटनामा प्रहरीको पनि संलग्नताको आशङ्कामा त्यसतर्फ अनुसन्धान अघि बढाइएको छ। उक्त घटनाको छानबिनका लागि महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। दोस्रो दिनमै त्यस समितिको संयोजक परिवर्तन गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सुशील यादवलाई जिम्मेवारी दिइएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्