काठमाडौं। लागुऔषध मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-२ ब्यासीका २५ वर्षीय किरण ब्यान्जुलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत भक्तपुरको २०७४ चैत १८ गतेको फैसलाले एक वर्ष नौं महिना २६ दिन कैद र एक लाख एक हजार ५०० रूपैयाँ जरिवाना फैसला भएका उनी फरार थिए।
बुधबार महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ।
यसैगरी मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त सुनसरीको धरान उपमहानगरपालिका-११ ठाडो सोलिङ बस्ने ३९ वर्षीय पुष्प परियारलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंको समन्वयमा र इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका-११ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौं पठाइएको छ।
" /> काठमाडौं। लागुऔषध मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-२ ब्यासीका २५ वर्षीय किरण ब्यान्जुलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला अदालत भक्तपुरको २०७४ चैत १८ गतेको फैसलाले एक वर्ष नौं महिना २६ दिन कैद र एक लाख एक हजार ५०० रूपैयाँ जरिवाना फैसला भएका उनी फरार थिए।

">