काठमाडौं। वैशाख १ गते यता यो वर्ष बाढी, पहिरो र चट्याङका घटनामा परी २०५ जनाले ज्यान गुमाएका छन्।
यी घटनामा परी यो वर्ष ५७ जना बेपत्ता भएका छन् भने २९३ जना घाइते।
यो वर्ष पहिरोले पुरिएर सबैभन्दा बढीको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेदेखि साउन १४ गतेसम्म पहिरोका घटनामा परी १५२ जनाले ज्यान गुमाइसकेका छन्। पहिरोमा परी ४४ जना बेपत्ता छन् भने १२९ जना घाइते भएका छन्।
यो वर्ष चट्याङ लागेर ४७ जनाको मृत्यु भइसकेको छ। चट्याङका कारण १६१ जना घाइते भएका छन्।
बाढीमा परी हालसम्म ६ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन्। बाढीका घटनामा हालसम्म तीन जना घाइते भएका छन्।
जेठ ३० गते मनसुन सुरू भएयता पहिरोमा परी १५० जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
" /> काठमाडौं। वैशाख १ गते यता यो वर्ष बाढी, पहिरो र चट्याङका घटनामा परी २०५ जनाले ज्यान गुमाएका छन्।यी घटनामा परी यो वर्ष ५७ जना बेपत्ता भएका छन् भने २९३ जना घाइते।

">