भरुवा बन्दुकसहित एक जना पक्राउ
<p>काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ वाटरपार्क बस्ने ४९ वर्षीय प्रदीप डिसी भरुवा बन्दुकसहित पक्राउ परेका छन्।</p>
<p>आफ्नै घरको ढोका बन्द गरी लत्ताकपडामा आगो लगाएको भन्ने खबर प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उनको घरमा बन्दुक फेला परेपछि हिजो दिउँसो पक्राउ गरेको हो।</p>
<p>प्रहरीले आगो नियन्त्रणका लागि दमकल लिएर गएको थियो। स्थानीयवासीसमेतको सहयोगमा आगो नियनन्त्रणपछि घरमा हेर्दा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। </p>
<p>उनीविरुद्ध प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ। </p>
प्रतिक्रिया दिनुहोस्
