काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ भुसडीका १७ वर्षीय अजय विकको खोलामा डुबेर मृत्यु भएको छ। घरदेखि दुई किलोमिटर उत्तर पर्ने भुताहा खोलामा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको हो।
यस्तै, झापाको अर्जुनधारा नगरपालिका–४ बागेडाँगीमा मजदुर काम गरी बस्ने संखुवासभाको पोखरी घर भएका ३० वर्षीय सुगम राईको खोलाले बगाउँदा मृत्यु भएको छ। सोही ठाउँस्थित दहिझोडा सामुदायिक वनमा श्रीमती र साथीहरूसँग खोला तर्ने क्रममा बगाएपछि उनको मृत्यु भएको हो।
यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिका–२ टकियापुर बस्ने घनश्याम भण्डारीको छोरा तीन वर्षीय अनमोल भण्डारीको कुलोले बगाउँदा मृत्यु भएको छ। घरबाट हराएका उनी खोजी गर्ने क्रममा घर नजिकैको कुलोले बगाएर करीब तीन किलोमिटर टाढा कोटलपुर कुलोमा मृत अवस्थामा फेला परेका हुन्।
बर्दियाको बाँसगढी नगरपालिका–९ दक्षिणटोल बस्ने तेजबहादुर थापाको छोरा १५ वर्षीय विनोद थापा सोही नगरपालिका–८ झगौरवा नालामा डुबेको अवस्थामा मृत फेला परेका छन्। घरबाट निस्किएका उनी साँझसम्म घर नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेका प्रहरीले जनाएको छ।
" /> काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ भुसडीका १७ वर्षीय अजय विकको खोलामा डुबेर मृत्यु भएको छ। घरदेखि दुई किलोमिटर उत्तर पर्ने भुताहा खोलामा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको हो।यस्तै, झापाको अर्जुनधारा नगरपालिका–४ बागेडाँगीमा मजदुर काम गरी बस्ने संखुवासभाको पोखरी घर भएका ३० वर्षीय सुगम राईको खोलाले बगाउँदा मृत्यु भएको छ। सोही ठाउँस्थित दहिझोडा सामुदायिक वनमा श्रीमती र साथीहरूसँग खोला तर्ने क्रममा बगाएपछि उनको मृत्यु भएको हो।

">