सुर्खेत। सुर्खेतको भेरीगङ्गा नगरपालिका–१३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पुर्‍याएपछि चिन्तित छन्। बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन्। सलहले सुर्खेतको रामघाट क्षेत्रमा बढी क्षति गरेको छ। यहाँ ४० प्रतिशत बालीमा क्षति पुर्‍याएको किसानको जिकिर छ।

भेरीगङ्गा–१३ का कमल विश्वकर्माले ६ रोपनी जग्गामा लगाइएको मकैबाली सलहले क्षति गरेको बताए। “कोरोनाले गर्दा पैसा कमाउन भारत जान सकिने अवस्था छैन, लगाएको बाली सलहले खाइदियो,” उनले भने, “अब कसरी गुजारा चलाउने भन्ने पीर लाग्न थालेको छ।” सोही ठाउँका नरबहादुर बिसीको १४ रोपनी जग्गामध्ये १० रोपनीमा लगाइएको बालीमा सलहले क्षति गरेको छ।     

रामघाट क्षेत्र आँप खेतीका लागि प्रख्यात छ। लकडाउनले आँप बिक्रीमा भने समस्या भएको किसानको गुनासो छ। “आँप बिक्री भएको भए केही राहत हुन्थ्यो, बिक्री भएको आँपले राम्रो मूल्य पाएन, मकैबालीसमेत सलहले नष्ट गरिदियो”, बिसीले भने। स्थानीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउनुपर्ने त्यस क्षेत्रका किसानको माग छ।

सलहले बालीमा क्षति पुर्‍याएपछि प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री विमला केसीलगायतको टोलीले केही दिनअघि स्थलगत अवलोकन गरेको थियो। दैलेखको नौमूले क्षेत्रमा सलहले बढी क्षति पुर्‍याएको छ। सल्यान, जाजरकोट, जुम्ला, कालीकोटलगायत जिल्लामा पनि सलहले क्षति गरेको छ। रासस   

" /> सुर्खेत। सुर्खेतको भेरीगङ्गा नगरपालिका–१३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पुर्‍याएपछि चिन्तित छन्। बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन्। सलहले सुर्खेतको रामघाट क्षेत्रमा बढी क्षति गरेको छ। यहाँ ४० प्रतिशत बालीमा क्षति पुर्‍याएको किसानको जिकिर छ।

भेरीगङ्गा–१३ का कमल विश्वकर्माले ६ रोपनी जग्गामा लगाइएको मकैबाली सलहले क्षति गरेको बताए। “कोरोनाले गर्दा पैसा कमाउन भारत जान सकिने अवस्था छैन, लगाएको बाली सलहले खाइदियो,” उनले भने, “अब कसरी गुजारा चलाउने भन्ने पीर लाग्न थालेको छ।” सोही ठाउँका नरबहादुर बिसीको १४ रोपनी जग्गामध्ये १० रोपनीमा लगाइएको बालीमा सलहले क्षति गरेको छ।     

रामघाट क्षेत्र आँप खेतीका लागि प्रख्यात छ। लकडाउनले आँप बिक्रीमा भने समस्या भएको किसानको गुनासो छ। “आँप बिक्री भएको भए केही राहत हुन्थ्यो, बिक्री भएको आँपले राम्रो मूल्य पाएन, मकैबालीसमेत सलहले नष्ट गरिदियो”, बिसीले भने। स्थानीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउनुपर्ने त्यस क्षेत्रका किसानको माग छ।

सलहले बालीमा क्षति पुर्‍याएपछि प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री विमला केसीलगायतको टोलीले केही दिनअघि स्थलगत अवलोकन गरेको थियो। दैलेखको नौमूले क्षेत्रमा सलहले बढी क्षति पुर्‍याएको छ। सल्यान, जाजरकोट, जुम्ला, कालीकोटलगायत जिल्लामा पनि सलहले क्षति गरेको छ। रासस   

"> सलहले बाली नष्ट गरेपछि किसान चिन्तित: Dekhapadhi
सलहले बाली नष्ट गरेपछि किसान चिन्तित <p style="text-align: justify;">सुर्खेत। सुर्खेतको भेरीगङ्गा नगरपालिका&ndash;१३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पुर्&zwj;याएपछि चिन्तित छन्। बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन्।&nbsp;सलहले सुर्खेतको रामघाट क्षेत्रमा बढी क्षति गरेको छ। यहाँ ४० प्रतिशत बालीमा क्षति पुर्&zwj;याएको किसानको जिकिर छ।</p> <p style="text-align: justify;">भेरीगङ्गा&ndash;१३ का कमल विश्वकर्माले ६ रोपनी जग्गामा लगाइएको मकैबाली सलहले क्षति गरेको बताए। &ldquo;कोरोनाले गर्दा पैसा कमाउन भारत जान सकिने अवस्था छैन, लगाएको बाली सलहले खाइदियो,&rdquo; उनले भने, &ldquo;अब कसरी गुजारा चलाउने भन्ने पीर लाग्न थालेको छ।&rdquo; सोही ठाउँका नरबहादुर बिसीको १४ रोपनी जग्गामध्ये १० रोपनीमा लगाइएको बालीमा सलहले क्षति गरेको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">रामघाट क्षेत्र आँप खेतीका लागि प्रख्यात छ। लकडाउनले आँप बिक्रीमा भने समस्या भएको किसानको गुनासो छ। &ldquo;आँप बिक्री भएको भए केही राहत हुन्थ्यो, बिक्री भएको आँपले राम्रो मूल्य पाएन, मकैबालीसमेत सलहले नष्ट गरिदियो&rdquo;, बिसीले भने। स्थानीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउनुपर्ने त्यस क्षेत्रका किसानको माग छ।</p> <p style="text-align: justify;">सलहले बालीमा क्षति पुर्&zwj;याएपछि प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री विमला केसीलगायतको टोलीले केही दिनअघि स्थलगत अवलोकन गरेको थियो। दैलेखको नौमूले क्षेत्रमा सलहले बढी क्षति पुर्&zwj;याएको छ। सल्यान, जाजरकोट, जुम्ला, कालीकोटलगायत जिल्लामा पनि सलहले क्षति गरेको छ। <em>रासस &nbsp;</em>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्