कैलाली। कैलालीमा दुई दिनदेखिको लगातार वर्षाले ६ हजार बढी परिवार डुबानमा परेका छन्। उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएका छन्। डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। भजनीमा दुई हजार १८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार ३१५ परिवार डुबानमा परेका छन्। त्यस्तै, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८२५ परिवार डुबानमा परेका छन्। टीकापुरमा बाढीले ३० घर भत्किएका छन्।

डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। विस्थापित परिवारलाई विद्यालय तथा हुलाकी सडकमा राखिएको छ। यस्तै कैलालीमै बाढीमा परी वेपत्ता भएका तीन जनाको खोजी जारी छ।

बाढीमा बगेका कैलालीका तीनजनाको सकुशल उद्धार गरिएको हो भने तीन जना अझै बेपत्ता छन्। कैलालीको भजनी नगरपालिका–८ खौरपुरका ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र विक र जनकपुरका ११ वर्षीय स्केल चौधरी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले बताए।

पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेको इन्स्पेक्टर धामीले बताए। हिजो दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी–८ कै ४० वर्षीय बलराम चौधरीको उद्धार गरिएको छ। त्यस्तै, सोही वडाकी बिक्की शाही र हेमन्त शाहीलाई पनि प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ।

" /> कैलाली। कैलालीमा दुई दिनदेखिको लगातार वर्षाले ६ हजार बढी परिवार डुबानमा परेका छन्। उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएका छन्। डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। भजनीमा दुई हजार १८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार ३१५ परिवार डुबानमा परेका छन्। त्यस्तै, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८२५ परिवार डुबानमा परेका छन्। टीकापुरमा बाढीले ३० घर भत्किएका छन्।

डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। विस्थापित परिवारलाई विद्यालय तथा हुलाकी सडकमा राखिएको छ। यस्तै कैलालीमै बाढीमा परी वेपत्ता भएका तीन जनाको खोजी जारी छ।

बाढीमा बगेका कैलालीका तीनजनाको सकुशल उद्धार गरिएको हो भने तीन जना अझै बेपत्ता छन्। कैलालीको भजनी नगरपालिका–८ खौरपुरका ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र विक र जनकपुरका ११ वर्षीय स्केल चौधरी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले बताए।

पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेको इन्स्पेक्टर धामीले बताए। हिजो दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी–८ कै ४० वर्षीय बलराम चौधरीको उद्धार गरिएको छ। त्यस्तै, सोही वडाकी बिक्की शाही र हेमन्त शाहीलाई पनि प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ।

"> कैलालीमा ६ हजार परिवार डुबानमा, दुई हजार परिवार विस्थापित: Dekhapadhi
कैलालीमा ६ हजार परिवार डुबानमा, दुई हजार परिवार विस्थापित
कैलाली। कैलालीमा दुई दिनदेखिको लगातार वर्षाले ६ हजार बढी परिवार डुबानमा परेका छन्। उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएका छन्। डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। भजनीमा दुई हजार १८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार ३१५ परिवार डुबानमा परेका छन्। त्यस्तै, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८२५ परिवार डुबानमा परेका छन्। टीकापुरमा बाढीले ३० घर भत्किएका छन्।

डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। विस्थापित परिवारलाई विद्यालय तथा हुलाकी सडकमा राखिएको छ। यस्तै कैलालीमै बाढीमा परी वेपत्ता भएका तीन जनाको खोजी जारी छ।

बाढीमा बगेका कैलालीका तीनजनाको सकुशल उद्धार गरिएको हो भने तीन जना अझै बेपत्ता छन्। कैलालीको भजनी नगरपालिका–८ खौरपुरका ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र विक र जनकपुरका ११ वर्षीय स्केल चौधरी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले बताए।

पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेको इन्स्पेक्टर धामीले बताए। हिजो दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी–८ कै ४० वर्षीय बलराम चौधरीको उद्धार गरिएको छ। त्यस्तै, सोही वडाकी बिक्की शाही र हेमन्त शाहीलाई पनि प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ।

प्रतिक्रिया दिनुहोस्