काठमाडौं। जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु भएका तीन बालिकाको सामूहिक दाहसंस्कार गरिएको छ।
११ साउनमा विषालु च्याउकाे तरकारी खाँदा जाजरकोटको कुशे गाउँपालिका–१, स्याक्रीका चार जनाको मृत्यु भएको थियो। तीन वर्षीया अञ्जना चलाउनको गाउँमै मृत्यु भएको थियो भने बाँकी तीन जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको थियो।
उपचारका क्रममा मृत्यु भएकी १६ वर्षीया औसरा चलाउने, १३ वर्षीया धनसरा चलाउने र ९ वर्षीया निरुता सिंहको सुर्खेतस्थित भेरी नदी किनारमा सामूहिक दाहसंस्कार गरिएको वडाध्यक्ष गोपालबहादुर नेपालीले बताए।
च्याउ खाएर बिरामी परेका सात जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् १३ साउनमा प्रादेशिक अस्पताल सुर्खेत पुर्याइएको थियो। अब अस्पतालमा टेकबहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने र पशुपति चलाउनेको उपचार भइरहेको छ।
" /> काठमाडौं। जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु भएका तीन बालिकाको सामूहिक दाहसंस्कार गरिएको छ।११ साउनमा विषालु च्याउकाे तरकारी खाँदा जाजरकोटको कुशे गाउँपालिका–१, स्याक्रीका चार जनाको मृत्यु भएको थियो। तीन वर्षीया अञ्जना चलाउनको गाउँमै मृत्यु भएको थियो भने बाँकी तीन जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको थियो।

">