काठमाडौं। मोरङको विराटनगर महानगरपालिका-२ स्थित बरगाछी चोकबाट ५३० ग्राम ९३ मिलिग्राम लागुऔषध मेथएम्फेटामाइनसहित सुन्दरहरैंचा नगरपालिका-८ बस्ने ४२ वर्षीय राजन भन्ने रामप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो।
को.३७ प ८३१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई शंका लागेर जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध फेला परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरका अनुसार उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ।
पर्साको वीरगञ्ज महानगरपालिका–१२ गण्डक चोकबाट लागुऔषध दुई सय एम्पुल नुर्फिन, दुई सय एम्पुल फेनारगन र दुई सय एम्पुल डाइजेपामसहित बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका १९ वर्षीय शेख अजादलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो। दुबै जनाविरुद्द प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ।
" /> काठमाडौं। मोरङको विराटनगर महानगरपालिका-२ स्थित बरगाछी चोकबाट ५३० ग्राम ९३ मिलिग्राम लागुऔषध मेथएम्फेटामाइनसहित सुन्दरहरैंचा नगरपालिका-८ बस्ने ४२ वर्षीय राजन भन्ने रामप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो।

">