काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तथा प्राविधिक प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएका चारजना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयाेजित कार्यक्रममा थापाले एआईजीद्वय निरजबहादुर शाही र प्रद्युम्नकुमार कार्की तथा प्राविधिकतर्फका एसपीहरू पशुपतिकुमार राय र श्यामकुमार मण्डललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
मन्त्रिपरिषदको साउन १२ गतेको निर्णयअनुसार डीआईजीबाट एआईजी पदमा शाही र कार्कीलाई पदोन्नति गर्ने निर्णय गरेको थियो।
सोही दिन राय र मण्डललाई पनि डीएसपीदेखि एसपी बनाउने निर्णय गृहसचिवस्तरको बैठकले गरेको थियो।
दर्ज्यानी चिन्ह प्रदानपछि बोल्दै महानिरीक्षक थापाले बधाई तथा शुभकामना दिँदै पदोन्नतिपश्चात प्रहरी अधिकृतहरूबाट आ–आफ्नो दक्षताअनुरूप थप ऊर्जासहित व्यावसायिक सेवाको अपेक्षा संगठनले लिएको बताए।
उनले एआईजी पदमा पदोन्नतिपछि प्रहरीको नेतृत्व तह थप बलियो भएको बताउँदै आगामी दिनमा संगठनको हितको लागि समेत नेतृत्व तह अत्यन्तै प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता थियो।
यसैबीच नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतलाई तोकिएको छ।
" /> काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तथा प्राविधिक प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएका चारजना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयाेजित कार्यक्रममा थापाले एआईजीद्वय निरजबहादुर शाही र प्रद्युम्नकुमार कार्की तथा प्राविधिकतर्फका एसपीहरू पशुपतिकुमार राय र श्यामकुमार मण्डललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

">