काठमाडौं। गत साउन ३ गते चितवनस्थित राष्ट्रिय निकुञ्जको एक टोलीले जिल्लाको माडी नगरपालिका–९, कुसुमखोलाको चेपाङ बस्तीका घर भत्काएको थियो। निकुञ्जभित्र अवैध रुपमा बसोवास गरेको आरोप लगाउँदै हात्तीसहित पुगेको टोलीले आदिवासी चेपाङ समुदायका मानिसका आठ घर ध्वस्त पार्नुका साथै दुई घरमा आगो लगाएको विवरण प्रकाशित भएका छन्।
उक्त घटनाको व्यापक विरोध भएको थियो। उक्त विषयमा संसदको कानुन तथा मानवअधिकार समितिमा जवाफ दिँदै वनमन्त्री शक्ति बस्नेतले गोठमा आगजनी भएको बताएपछि सामाजिक सञ्जालमा त्यसको समेत व्यापक आलोचना भएको थियो। घटना भएको दुई दिनपछि चेपाङ बस्तीमा भएको आगजनीको तस्बिर भन्दै सामाजिक सञ्जालमा व्यापक रुपमा शेयर गरिएको थियो।
आगोको लप्कामा जलिरहेको बस्ती देखाइएका ती तस्बिरलाई ट्वीटर, फेसबुक प्रयोगकर्ताले शेयर गरेका थिए भने केही अनलाइनले प्रकाशित गरेका थिए।
पूर्व पत्रकार पदम गौतमले बेलायती लेखक जर्ज अरवेलको चर्चित कृति ‘एनिमल फार्म’ को सन्दर्भ झिक्दै उक्त फोटो ट्वीट गरेका थिए। त्यसैगरी ६ हजारबढीले ट्वीटरमा पछ्याएका लेखक तथा राजनीतिकर्मी केशव दाहालले उक्त फोटोमा अर्को फोटोसहित यस्तो ट्वीट गरेका थिए, “गरिबका घर जलाउँछौ कसरी समाजवाद बनाउँछौ ?”
सोही दिन ६० हजारभन्दा बढी फलोअर्स भएको ‘क्युटी सम्जना’ नामक ट्वीटरबाट आगलागीका ४ तस्बिरसहित यस्तो ट्वीट गरिएको थियो, “सर्बहारा बर्गको पार्टी भन्थे कम्युनिस्टलाई तर चितवन माडीतिर यो वर्षामा पानी परिरहेको बेला सुकुम्बासी र चेपाङको झुप्रोमाथि आगो लगाइएछ। सायद साम्यवाद अब आउँछ होला। यो सरकार केपी र पीकेलाई के भन्ने ? नेपाली शब्द भन्डारमा यिनीहरुलाइ भन्ने कुनै शब्द छ?” यो ट्वीटमा ८ पटक रिट्वीट र कमेन्ट अनि ६१ लाइक आएको छ। चितवनको माडीस्थित सुकुम्वासी बस्तीमा लागेको आगोको तस्बिर भन्दै सफल खबर लगायतका अनलाइनले पनि उक्त तस्बिर प्रकाशित गरेका थिए।
तथ्य जाँच
गुगलको रिभर्स इमेज सर्च, यान्डेक्स, टिनआई लगायतका अनलाइन साधन प्रयोग गरी हामीले यस तस्बिरबारे खोजी गर्यौं। उक्त तस्बिर भुटानी शरणार्थी शिविरमा भएको आगजनी भनी सबैभन्दा पहिला अवना नामक दातृ संस्थाले आफ्नो वेबसाइटमा ‘फायर ब्रेक्स आउट इन भुटनिज रेफ्युजी क्याम्प’ भन्दै मार्च २०११ मा प्रकाशित गरेको पाइयो। ग्लोबल पोस्ट इन्फो नामक भुटानी शरणार्थीसम्बन्धी समाचार प्रकाशित गर्ने अनलाइनले पनि डिसेम्बर २०१७ मा १० वर्षअघि गोलधाप शरणार्थी शिविरमा भएको आगलागी भन्दै उक्त तस्बिर प्रकाशित गरेको पाइयो।
हामीले कुरा गरेका भुटानी शरणार्थीले सो फोटो शिविरमा भएको आगजनीको हुनसक्ने बताए पनि कहिले र कुन शिविर (अमेरिका लगायतका पश्चिमा देशमा शरणार्थीको पुनर्वास भएपछि हाल सातमध्ये दुई शिविरमात्र बाँकी छन्) मा भएको आगलागी हो भन्ने यकिन हुन सकेन। घना बस्ती भएका ती शरणार्थी शिविरमा वर्षेनि आगो लाग्ने गरेता पनि उक्त तस्बिर त्यहीँको हो भन्ने ठोकुवाका साथ भन्न सकिएन।
त्यसैगरी भारतको जयपुरबाट निस्कने पत्रिका नामको हिन्दी समाचारपत्रको अनलाइनमा पनि ‘अग्निदेव ने छीन ली गरीब की झोपडी’ शीर्षक समाचारमा १३ जनवरी २०१६ मा उक्त तस्बिर प्रकाशित गरिएको छ।
चितवनको माडीबाट सञ्चालन हुने स्वेदश एफएमको फेसबुक पेजमा उक्त एफएमको लोगो सहित प्रतीकात्मक तस्बिर भनेर सबैभन्दा पहिला शेयर गरिएको थियो। सोही तस्बिरलाई ‘क्युटी सम्जना’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गरेका थिए ।
चितवनको चेपाङ वस्तीमा गत साउन ३ गते भएको आगलागीको भन्दै सामाजिक सञ्जालमा शेयर गरिएको उक्त तस्बिरलाई भ्रम फैलाउन प्रयोग गरिएको छ । उक्त तस्बिर केही वर्ष अघिदेखि नै प्रयोगमा आएकोले त्यसलाई हालसालैको भनी प्रसारण गर्नु गलत ठहर्छ।
साउथ एशिया चेकबाट साभार
" /> काठमाडौं। गत साउन ३ गते चितवनस्थित राष्ट्रिय निकुञ्जको एक टोलीले जिल्लाको माडी नगरपालिका–९, कुसुमखोलाको चेपाङ बस्तीका घर भत्काएको थियो। निकुञ्जभित्र अवैध रुपमा बसोवास गरेको आरोप लगाउँदै हात्तीसहित पुगेको टोलीले आदिवासी चेपाङ समुदायका मानिसका आठ घर ध्वस्त पार्नुका साथै दुई घरमा आगो लगाएको विवरण प्रकाशित भएका छन्।उक्त घटनाको व्यापक विरोध भएको थियो। उक्त विषयमा संसदको कानुन तथा मानवअधिकार समितिमा जवाफ दिँदै वनमन्त्री शक्ति बस्नेतले गोठमा आगजनी भएको बताएपछि सामाजिक सञ्जालमा त्यसको समेत व्यापक आलोचना भएको थियो। घटना भएको दुई दिनपछि चेपाङ बस्तीमा भएको आगजनीको तस्बिर भन्दै सामाजिक सञ्जालमा व्यापक रुपमा शेयर गरिएको थियो।

">