काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज देशका केही स्थानमा भारी वर्षा हुने जनाउँदै ती स्थानमा बाढीको जोखिम रहेको जनाएको छ।
प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा ती स्थानमा रहेका नदी र खोला वरपर रहेका सर्वसाधरणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
“आज नारायणी, कर्णाली र महाकालीमा बहाव उल्लेख्य बढ्ने र सतर्कता आसपास हुने,” प्राधिकरणले विज्ञप्तिमा भनेको छ, “नारायणी, कर्णाली र महाकालीका केही साना सहायक नदीमा बहाव खतरा आसपास पुग्न सक्नेछ।”
प्राधिकरणका अनुसार आज कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, पश्चिम राप्ती, तिनाउ, बाणगंगाका केही साना सहायक नदीमा आकस्मिक बहाव बढ्दा खतरा तह आसपास पुग्नेछ।
आज मेची, विरिङ, निन्दा, बक्राहा, लोहन्द्रा, चिसाङखोला, बुढीखोला, सुनसरी खोला, बूढीखोला, त्रियुगा, माउली, गगान, खाडो, रातौ, चुरियाखोला, लालबकैया, पूर्वी राप्ती, आरुण खोला, तिनाउ, बाणगंगा, मानखोला, कान्द्रा, मोहना, खुट्टिया, स्याउली, चौधर लगायतका नदी तथा खोलामा आकस्मिक बाढी आउने अनुमान प्राधिकरणको छ।
“प्रदेश १, २, ५, गण्डकी र सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बहने प्राय सबै नदीमा बहाव बढ्ने र सतर्कता आसपास हुने तथा केहीमा खतरा आसपास हुनेछ,” प्राधिकरणले भनेको छ।
आज इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, बारा, पर्सा, धनकुटा, उदयपुर, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाडौ उपत्यका, गोरखा, धादिङ, लम्जुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, चितवन, नलवपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम, प्यूठान, सल्यान, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डोटी, अछाम, कालीकोट, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा आसपास भई बहने केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने उच्च सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
" /> काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज देशका केही स्थानमा भारी वर्षा हुने जनाउँदै ती स्थानमा बाढीको जोखिम रहेको जनाएको छ।प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा ती स्थानमा रहेका नदी र खोला वरपर रहेका सर्वसाधरणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

">