चोरी मुद्दाका दोषी पक्राउ
<p>काठमाडौं । सिन्धुपाल्चोकको फुल्पिङकोट गाउँपालिका–५ तिलखोरियाका ३८ वर्षीय प्रेमबहादुर विक पक्राउ परेका छन्। चोरी मुद्दामा अदालतबाट दोषी ठहर भएका विक फरार थिए। उनी भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा बस्थे।</p>
<p>विकलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। </p>
<p>जिल्ला अदालत भक्तपुरले २०७५ असोज १४ गते विकलाई दुई लाख नौं हजार ३८४ रूपैयाँ जरिवाना गरेको थियो।</p>
<p>फैसला कार्यान्वयनका लागि उनलाई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको प्रहरी परिसर भक्तपुरले जनाएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
