काठमाडाैं। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना गरिएको छ।
सिंहदरबार परिसरमा यही असोज २४ गते हुने निर्वाचनका लागि कार्यालय स्थापना गरिएको युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले जानकारी दिए।
२०७३ जेठ १९ गते भएको युनियनको निर्वाचनमा पुण्यप्रसाद ढकालको नेतृत्वमा निर्वाचित पदाधिकारीको पदावधि ६ महिना बाँकी छ।
अध्यक्ष ढकाल उपसचिवमा बढुवा भएपछि अहिले कार्यवाहक अध्यक्षको रूपमा पोखरेल छन्।
सरकारले निर्वाचनका लागि कलानिधि पौडेल प्रमुख निर्वाचन अधिकृत तोकेको छ।
कार्यवाहक अध्यक्ष पोखरेलले निर्वाचन कार्यालय स्थापनासँगै मतदाना नामावली, निर्वाचन कार्यविधि तयार गरिने बताए।
उनले निर्वाचन कार्यालय स्थापना भए पनि कोभिड-१९ र त्यतिबेला नै कर्मचारीको सरुवा हुने भएकाले तोकिएको समयमा निर्वाचन गर्न कठिनाइ हुने बताए।
करिब ९२ हजार निजामती कर्मचारीले सहभागी हुने निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा देशभर एकैपटक हुनेछ।
निर्वाचनमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संघ युनियन, मधेशी कर्मचारी मञ्चलगायत कर्मचारीका संघ संगठनको सहभागिता हुनेछ।
कार्यवाहक अध्यक्ष पोखरेलले निर्वाचनमा स्वास्थ्य सेवाका कर्मचारीलाई पनि समेट्नुपर्ने बताए। स्वास्थ्य सेवामा करिब २२ हजार कर्मचारी छन्। रासस
" /> काठमाडाैं। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना गरिएको छ।सिंहदरबार परिसरमा यही असोज २४ गते हुने निर्वाचनका लागि कार्यालय स्थापना गरिएको युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले जानकारी दिए।

">