काठमाडौं। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौंको कमलादीस्थित नविल बैंक अगाडि सुन, चाँदी र हतियारसहितको झोला फ्याँकेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ।
अपराध अनुसन्धान महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाको संयोजकत्वमा गठित छानबिन समितिमा एसएसपी किरण बज्रचार्य, प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर, डीएसपीहरू दुर्गा दाहाल र राजकुमार केसी सदस्य छन्।
समितिलाई जतिसक्दो चाँडो घटनाको छानबिन गरेर प्रतिवेदन बुझाउने जिम्मा दिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक सुनीलकुमार यादवले बताए।
हिजो, १३ साउन बिहान काठमाडौंको कृष्ण पाउरोटी चोक नजिक चेकिङमा रहेको प्रहरीले रोक्न खोज्दा बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी हुँइकिएको थियो। त्यसपछि शंका लागेर उक्त गाडीलाई पछ्याउने क्रममा कमलादीस्थित नविल बैंक अगाडि झोला फ्याँकेर फरार भएका थिए।
झोलाबाट बाहिर जलप लगाएको अवस्थामा साढे १४ किलो चाँदी, आधा किलो सुन र दुई थान चाइनिज पेस्तोल प्रहरीले बरामद भएको थियो। काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले कुनै व्यवसायीलाई बेचेर ठग्ने प्रयोजनले सुनको जलप लगाएको चाँदीसहित सुन लाँदै गरेको हुन सक्ने आशंका गरेका छन्।
" /> काठमाडौं। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौंको कमलादीस्थित नविल बैंक अगाडि सुन, चाँदी र हतियारसहितको झोला फ्याँकेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ।अपराध अनुसन्धान महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाको संयोजकत्वमा गठित छानबिन समितिमा एसएसपी किरण बज्रचार्य, प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर, डीएसपीहरू दुर्गा दाहाल र राजकुमार केसी सदस्य छन्।

">