काठमाडौं। कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा आठजनाको मृत्यु भएको छ।
गाउँपालिकाको वडा नम्बर ७ बाँकामा एकै परिवारका ६ जना र ४ नम्बर वार्डको गोठीमा पहिरो जाँदा दुईजनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले देखापढीलाई बताए। सो घटनामा दुईजना घाइते भएका छन्।
विष्टका अनुसार बाँकामा पहिरोले घर पुरिँदा गजे बुढासहित उनका परिवारका ६ जनाको मृत्यु भएको छ।
त्यस्तै गोठीमा पहिरोले बाले बुढाको घर भत्किएर दुईजनाको मृत्यु भएको छ।
पहिरोले ४ घर बगाएको छ। दर्जनौं घर जोखिममा छन्। बस्तीमाथिबाट पहिरो जाने क्रम नरोकिएकोले स्थानीयबासीलाई सुरक्षित स्थलतर्फ लैजाने तयारी भइरहेको छ।
दुईजना घाइतेलाई उपचारका लागि पठाउन सुर्खेतबाट हेलिकप्टर मगाइएको गाउँपालिका प्रमुख विष्टले जानकारी दिए।
"घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ। राहत र उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयबासी परिचालित भएका छन्", उनले भने।
" /> काठमाडौं। कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा आठजनाको मृत्यु भएको छ।गाउँपालिकाको वडा नम्बर ७ बाँकामा एकै परिवारका ६ जना र ४ नम्बर वार्डको गोठीमा पहिरो जाँदा दुईजनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले देखापढीलाई बताए। सो घटनामा दुईजना घाइते भएका छन्।

">