कैलाली। कर्णाली नदीको बहावले सतर्कता बिन्दु नाघेपछि तटीय क्षेत्रमा सावधान रहन रहन आग्रह गरिएको छ।
अहिले कर्णाली नदीमा पानीको बहाव १० दशमलव १० मिटरमा पुगेको भन्दै सतर्क रहन तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन आग्रह गरिएको हो।
कर्णालीको जलसतह बढेपछि पथरैया, कान्द्रा र काडा नदीको पानी फर्कदा धेरै क्षेत्रमा डुबान भएको छ। भजनी, टीकापुर र जोशीपुरका अधिकांश भु-भाग डुबानमा परेका छन्। शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय तह उद्दारमा जुटेका छन्।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए। उनका अनुसार टीकापुर क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको छ।
कर्णालीमा १० मिटरभन्दा माथि पानीको सतह आएमा खतरा मानिन्छ। ९ देखि १० मिटर पानीको सतह भए सतर्कता अपनाउन तटीय क्षेत्रका वासिन्दालाई आग्रह गर्ने गरिएको छ।
कर्णालीमा पानीको सतह बढेमा टीकापुर र बर्दियातिर जोखिमको सम्भावना धेरै हुन्छ।
तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको र बाढी पस्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धारटोली तयारी अवस्थामा राखिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले देखापढीलाई बताए।
" /> कैलाली। कर्णाली नदीको बहावले सतर्कता बिन्दु नाघेपछि तटीय क्षेत्रमा सावधान रहन रहन आग्रह गरिएको छ।अहिले कर्णाली नदीमा पानीको बहाव १० दशमलव १० मिटरमा पुगेको भन्दै सतर्क रहन तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन आग्रह गरिएको हो।

">