बाजुरा। लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै पहिरो गएको छ।
सोमबार रातिदेखिको भारी वर्षाका कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए। पहिरो पन्छाउन दुईदेखि तीन दिन लाग्ने उनको भनाइ छ।
तराई क्षेत्रबाट आएका यातायातका साधान बार्जुगाडपारि रोकिएका छन् भने २० भन्दा बढी मालवाहक ट्रक मार्तडीबाट बल्देसम्मको सडक क्षेत्रमा रोकिएका छन्।
लगातारको वर्षाका कारण सडक अवरुद्ध भएपछि सदरमुकामलगायत ग्रामीण क्षेत्रका स्थानीय हाटबजारमा दैनिक उपभोग्य सामानको अभाव भएको उद्योग वाणिज्य सङ्घ बाजुराले जनाएको छ ।
भारी वर्षाका कारण जिल्लाको सञ्चार सेवासमेत अवरुद्ध भएको छ। जिल्लामा सञ्चालनमा रहेका नेपाल टेलिकमका सम्पूर्ण सेवा प्रभावित भएका छन्। धेरै ठाउँ फोन सम्पर्क नहुँदा क्षतिको यकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
त्यस्तै बाजुराको बूढीगङ्गा नगरपालिकाको डाव भन्ने ठाउँमा पनि साँफे-मार्तडी सडकमै माथिबाट ठूलो पहिरो आएर सडक अवरुद्ध भएको स्थानीयवासीले जानकारी दिएका छन्। रासस
" /> बाजुरा। लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै पहिरो गएको छ।सोमबार रातिदेखिको भारी वर्षाका कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए। पहिरो पन्छाउन दुईदेखि तीन दिन लाग्ने उनको भनाइ छ।

">