सिन्धुपाल्चोक। खुकुरी प्रहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। मेलम्ची नगरपालिका-४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।
सोही ठाउँका साइला तामाङसँग सामान्य भनाभन हुँदा सोमबहादुरले खुकुरी प्रहार गरेका थिए। खुकुरी हानेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मेलम्ची र भोटेचौरको टोलीले सोमबहादुरलाई घर नजिकै लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।
घम्भीर घाइते साइलाको दीर्घायु अस्पातल काठमाडौँमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने सोमबहादुरलाई नियन्त्रणमा लिएर हिजो जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थपको आदेश लिई अनुसन्धान शुरू गरिएको छ। रासस
" /> सिन्धुपाल्चोक। खुकुरी प्रहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। मेलम्ची नगरपालिका-४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।सोही ठाउँका साइला तामाङसँग सामान्य भनाभन हुँदा सोमबहादुरले खुकुरी प्रहार गरेका थिए। खुकुरी हानेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मेलम्ची र भोटेचौरको टोलीले सोमबहादुरलाई घर नजिकै लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

">