खाँदबारी कारागार पहिरोको उच्च जोखिममा
<p>संखुवासभा। लगातार पानी परेसँगै पहिरो आएपछि खाँदबारीस्थित जिल्ला कारागार जोखिममा परेको छ। </p>
<p>कारागारको पर्खालको चारैतिर पहिरोको उच्च जोखिममा परेको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए। </p>
<p>कारागारको माथिल्लो भाग र तल्लो भाग दुवैतिर कतिखेर भत्किने त्रास भएको उनको भनाइ छ। </p>
<p>खाँदबारी कारागारमा अहिले १२४ कैदीबन्दी छन्। रासस</p>
प्रतिक्रिया दिनुहोस्
