कैलाली। भारी वर्षासँगै बाढी गाउँ पस्दा कैलालीमा सयभन्दा बढी घर डुबानमा परेका छन्।
कान्द्रा, काडा, घुराहा र पथरैया नदीमा आएको बाढीले कैलालीको भजनी, टिकापुर र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका छन्।
जोशीपुरमा काडा नदी गाउँ पसेपछि २५ घर डुबानमा परेको र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले देखापढीलाई बताए। उक्त क्षेत्रमा केही दिनअघि असारमा बाढी आएर केही घरमा क्षति भएको थियो।

यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुबानमा परेका छन्। काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिका-५ धुसी र काडा ढिकका ६० भन्दा बढी घरमा डुबान भएको डीएसपी विष्टले जानकारी दिए।
यसैगरी कान्द्रा नदीमा आएको बाढीले पनि भजनी नगरपालिका-५ को बस्तीमा पानी पसेर २० घरभन्दा बढी डुबानमा परेको छ।
घरमा पानी पसेपछि त्यहाँका मानिसलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले बताएको छ।

भजनी नगरपालिका-५ धुसीका स्थानीय दिपेन्द्र बस्नेतले काडा नदीको तटबन्ध फुटेर बस्तीमा पानी पसेपछि दर्जनौ घर डुबानमा परेको बताए।
" /> कैलाली। भारी वर्षासँगै बाढी गाउँ पस्दा कैलालीमा सयभन्दा बढी घर डुबानमा परेका छन्।कान्द्रा, काडा, घुराहा र पथरैया नदीमा आएको बाढीले कैलालीको भजनी, टिकापुर र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका छन्।

">