नाम : रूपेश ताम्राकार (नाम परिवर्तन)
ठेगाना : सिरहा, बस्तीपुर–११ (परिवर्तन)
पेशा : फौजी
मेरो खुशीको त्यो क्षण कहाँ छ ? हाँसो कहाँ छ ? सूर्योदयसँगै सूर्यतिर फर्केर सूर्यमुखी फुलझैं मुस्काउने मेरो त्यो मुस्कान कहाँ छ ?
सकारात्मक सोच र उर्जाबाट शुरू हुने मेरा ती दिनहरू थाहै नपाइ उदासिन र बेचैनीमा बित्न थाले। नेपाली सेनामा रहेर अरुको प्रेरणाको पात्र बनेको मान्छे। न झुक्ने न हार्ने।
म त वीरता देखाउने मान्छे। वर्षौदेखि मैले अरुलाई कर्मबाट विचलित हुनु हुँदैन भन्ने पाठ सिकाएको थिएँ। तर, अनायासै मेरा ती उपदेशहरू कायरतामा परिणत हुन थाले। शरीर र मनलाई विचलित बनाउने नकारात्मक विचारहरूले मलाई अँध्यारो संसारतिर धकेल्दै थियो।
अचानक शरीरको तातो तातो रगत उम्लिन छोड्यो, सेलाएझैं भो। वलिष्ठ शरीर कमजोर बन्दै गयो। मन डगमगाउन थाल्यो। काममा रूचि पनि घट्यो। त्यसपछि त मेरा कयौं रात अनिदोमै बिते। निद्रा पनि खै कस्तो कस्तो। सुतेको हो कि ब्युझेंको, पत्तै नहुने। विहानीपख सबैलाई उज्यालो दिँदै उदाउने सूर्य मेरा लागि भने अस्ताएझैं हुन्थ्यो। निराशा र अन्धकार बाहेक अरु केही देखा परेन।
हाँसो र खुशीका साथ परिवारसँग धेरै रमाउँथेँ। तर, पछि पछि भने श्रीमतीसँगै झर्को लाग्न थाल्यो। सँगै जिउने र मर्ने कसम खाने जीवनसाथीको साथ मीठो लाग्थ्यो त्यो बेला। बोली र व्यवहार सदाबहार लाग्थ्यो उनको। उनीविरुद्ध म कुनै निर्णय गर्दिनथेँ। तर, जब म बदलिएको, परिवर्तन भएको अनुभव गरेँ। त्यसपछि श्रीमतीको बोली नै मन नपर्ने, छोराछोरीसँग खेल्न मन नलाग्ने हुन थाल्यो।
.jpg)
कसैसँग पनि रमाइलो गर्न मन लागेन। कुनै पनि विषयमा एकोहोर भएर सोच्न थाले। यौन क्षमतामा पनि ह्रास आउन थाल्यो। राति निद्रा पर्न छोडेपछि त कहिलेकाहीँ मरिन्छ कि क्या हो भन्नेसम्म सोचाइ आउँथ्यो। यस्ता सोचाइ आउन थालेपछि आत्तिएँ र डराएँ। एक महीना अघिको कुरा हो। मेरो लागि यो संसार नै अर्को संसार भएजस्तै थियो। जुन संसारमा रमाइलो थिएन, अनावश्यक चिन्ता थियो। खुशी थिएन, दुःख थियो। छटपटी थियो, नकारात्मक सोंच थियो। साथीभाई थिएन, एक्लो थिएँ। यो संसार त मेरो लागि अँध्यारो संसार थियो।
यस्तो कहिलेसम्म बाँच्ने। यसरी जिउनु पनि के पो जिन्दगी। मलाई त पहिलेकै जस्तै हुनुछ। पहिले जस्तै रमाउनु छ, उही उज्यालो संसारमा। बेला–बेला त सकारात्मक सोंच पनि आउँथ्यो। तर, नकारात्मक सोचाईलाई रोक्न नसकिने रहेछ। म पनि सकिनँ। त्यसपछि, यसरी दैनिकी चल्दैन भनेर मनोचिकित्सकसँग परामर्श लिन दौडिए। तीनकुने स्थित मनोपरामर्श केन्द्रमा पुगेँ।
मनोविद्लाई भेटेर परामर्श लिएँ। लगनखेलको मानसिक अस्पताल पुगेँ। चिकित्सकले सिफारिस गरेको केही औषधि नियमित सेवन गर्न थालेँ। सोंच्थे, यो अँध्यारो संसारबाट फुत्केर कहिले उज्यालो संसार हेर्न पाउँछु। चिकित्सकले एकोहोरो नसोच्न, बढी चिन्ता नलिन, साथीभाइसँग सुख,दुःखका कुराहरू बाँड्नु भन्ने सुझाव अनुसार हिँड्न थालेँ। सकारात्मक सोंच राखेर हिँड्ने, रमाइलो गर्न थालेँ।
.jpg)
छोराछोरीसँग खेल्ने, परिवारसँग रमाउन थाले। विस्तारै आफूलाई म सामान्य अवस्थामा फर्किएको महसुस भयो। अहिले म ठीक छु जस्तो लाग्छ। नियमित ड्युटी गरिरहेको छु। कुनै किसिमको तनाव छैन। सोच्छु, त्यो बेला श्रीमतिसँग किन झर्को माने होला। सोच्छु, साथीभाइसँग किन टाढिए होला। बाटोमा हिँड्ने मान्छेसँग किन रिसाए होला। त्यो सम्झेर पनि आफैंप्रति हाँसो लाग्छ।
वनको बाघले भन्दा पनि मनको बाघले खाएको रहेछ, यही बुझें। हिजो सम्झिँदा जुन कुराले रिस उठ्थ्यो, आज सामान्य लाग्छ। सायद्, वास्तविक जीवन नै यही रहेछ। सबैतिर खुशी नै खुशी देख्छु अहिले। फेरि, पहिलेकै त्यो उज्यालो संसारमा फर्किएको छु। र, रमाइरहेको छु, उज्यालो संसारमा।
प्रस्तुती : विनय कुमार
" /> नाम : रूपेश ताम्राकार (नाम परिवर्तन)म त वीरता देखाउने मान्छे। वर्षौदेखि मैले अरुलाई कर्मबाट विचलित हुनु हुँदैन भन्ने पाठ सिकाएको थिएँ। तर, अनायासै मेरा ती उपदेशहरू कायरतामा परिणत हुन थाले। शरीर र मनलाई विचलित बनाउने नकारात्मक विचारहरूले मलाई अँध्यारो संसारतिर धकेल्दै थियो।

">