किमाथांका। लगातारको वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ।
उत्तरदक्षिण सडकखण्डको मकालु गाउँपालिका-३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध भएको उत्तरदक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले बताए।
उत्तरदक्षिण सडकखण्डको मकालु-३ को सम्माटार र उवाँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको श्रेष्ठले जानकारी दिए। सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ।
अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको हेदाङनागढीसम्म चलिरहेको छ। लगातार वर्षा भइरहेका कारण अवरुद्ध भएको सडक कहिले खुल्छ भन्ने यकिन छैन। रासस
" /> किमाथांका। लगातारको वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ।उत्तरदक्षिण सडकखण्डको मकालु गाउँपालिका-३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध भएको उत्तरदक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले बताए।

">