काबुल। तालिबानले ईद अल अधाको मुस्लिम छुट्टीको समयमा शुक्रबारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ।
मङ्गलबार नै दुई महीनाभन्दा बढी अविधिपछि अफगानिस्तान सरकारले दोस्रो पटक तालिवानसँग वार्ताको प्रस्ताव गरेसँगै उक्त समूहले पर्वका समय पारेर युद्धविरामको घोषणा गरेको हो।
तालिवान समूहका प्रवक्ता जाविहुल्ला मुजाहिदले एक विज्ञप्ति जारी गरी भनेका छन् “सबै मुजाहिद्दीन (तालिबानी लडाकू) लाई ईद अल–अधाको तीन दिन र तीन रातमा दुश्मनको विरूद्ध कुनै किसिमका सशस्त्र कारबाही रोक्न आह्वान गरिएको छ।”
यसअघि मङ्गलबार नै राष्ट्रपति असरफ घानीले राष्ट्रपतिको कार्यालयका उच्च पदस्थ अधिकारीसँग एक हप्ताभित्र शान्तिवार्ता हुने बताए। रासस
" /> काबुल। तालिबानले ईद अल अधाको मुस्लिम छुट्टीको समयमा शुक्रबारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ।मङ्गलबार नै दुई महीनाभन्दा बढी अविधिपछि अफगानिस्तान सरकारले दोस्रो पटक तालिवानसँग वार्ताको प्रस्ताव गरेसँगै उक्त समूहले पर्वका समय पारेर युद्धविरामको घोषणा गरेको हो।

">