काठमाडौं। भारतको कानपुर पछिल्लो समय आपराधिक घटनाहरूको केन्द्रविन्दु बनिरहँदा १२ दिनअघि अपहरणमा परेका एक युवकको शव आज फेला परेको छ।
कानपुर–झाँसी राजमार्गमा रहेको नेसनल धर्मकाँटाका व्यवस्थापक बृजेश पालको शव पुलिसले एक कुवामा फेला पारेको थियो।
अपहरणकर्ताले पालको फिरौतीका लागि उनको परिवारसँग २० लाख रूपैयाँ माग गरेका थिए। जुलाई १६ राति धर्मकाँटाको कार्यालयबाट उनी अपहरणमा परेका थिए।
जुलाई १७ बिहान कार्यालयमा उनको पाइन्ट र सर्ट झुण्ड्याइएको अवस्थामा भए पनि उनी भने त्यहाँ थिएनन्। पाल नदेखिएपछि उनका काकाका छोरा भाइ पर्नेले उनको मोबाइलमा फोन गर्दा अपहरणकारीले पाँच दिनको समय दिँदै फिरौती माग गरेका थिए।
विकास दुबे र सञ्जित यादवको हत्या काण्डपछि कानपुरमा भएको यो अर्को ठूलो आपराधिक घटना हो।
यसैबीच गोरखपुरमा हिजो मात्र अपहरणमा परेकी एक युवतीको हत्या भएको थियो। अपहरणकर्ताहरूले युवतीको परिवारसँग एक करोड रूपैयाँ फिरौती माग गरेको हिन्दूस्तान टाइम्सले जनाएको छ।
" /> काठमाडौं। भारतको कानपुर पछिल्लो समय आपराधिक घटनाहरूको केन्द्रविन्दु बनिरहँदा १२ दिनअघि अपहरणमा परेका एक युवकको शव आज फेला परेको छ।कानपुर–झाँसी राजमार्गमा रहेको नेसनल धर्मकाँटाका व्यवस्थापक बृजेश पालको शव पुलिसले एक कुवामा फेला पारेको थियो।

">