कैलाली। चार दिनअघि विषालु च्याउ खाँदा बिरामी परेकी महिलाको आज उपचारकै क्रममा मृत्यु भएको छ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका-३ की बिस्ना धामी (३५) को सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।
यसअघि उनका ८ वर्षीय छोरा ललित धामीको विषालु च्याउ खाएका कारण आइतबार मृत्यु भएको थियो।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो।
नजिकैको जंगलबाट शनिबार टिपेर ल्याएको विषालु च्याउ खाँदा धामी परिवारका पाँचजना बिरामी परेका थिए।
मृतक बिस्नाका तीन छोरीको सेती अस्पतालमै उपचार भइरहेको छ।
तीनजनामध्ये एकको अवस्था गम्भीर रहेको सूचना अधिकारी श्रेष्ठले बताए। उनको आईसीयूमा उपचार भइरहेको बताए।
" /> कैलाली। चार दिनअघि विषालु च्याउ खाँदा बिरामी परेकी महिलाको आज उपचारकै क्रममा मृत्यु भएको छ।डडेल्धुराको नवदुर्गा गाउँपालिका-३ की बिस्ना धामी (३५) को सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

">