काठमाडौं। कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिने उद्देश्यसहित विश्वका विभिन्न स्थानमा जारी गरिएका लकडाउनका कारण थुप्रै समुदायले भोकमरीको सामना गरिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
भोकमरीका कारण महिनामा १० हजारभन्दा बढी बालबालिकाले ज्यान गुमाइरहेको राष्ट्रसंघले सोमबार जानकारी गराएको छ।
राष्ट्रसंघअन्तर्गतका चार एजेन्सीहरूले तत्काल मृत्यु नभएका अरू ठूलो संख्याका बालबालिका कुपोषणको सिकार भइरहेको र त्यसको प्रभाव दीर्घकालीन हुने चेतावनी दिएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का पोषण प्रमुख डा. फ्रान्सेस्को ब्रांकाले ‘कोरोना महामारी दौरान प्रभावित भएको खाद्य सुरक्षाको अशर अझै एक वर्षसम्म रहने बताए। उनका अनुसार दक्षिण अमेरिका, दक्षिण एसिया र अफ्रिकाका थुप्रै समुदायमा गरिब परिवारले पर्याप्त खाना पाइरहेका छैनन्।
" /> काठमाडौं। कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिने उद्देश्यसहित विश्वका विभिन्न स्थानमा जारी गरिएका लकडाउनका कारण थुप्रै समुदायले भोकमरीको सामना गरिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।भोकमरीका कारण महिनामा १० हजारभन्दा बढी बालबालिकाले ज्यान गुमाइरहेको राष्ट्रसंघले सोमबार जानकारी गराएको छ।

">