काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जमलस्थित पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी, खुलामञ्च, टुँडिखेल क्षेत्रको बृहत्तर गुरूयोजनामा अन्तर्गत उक्त भवन निर्माण गर्ने प्रस्ताव गरिएको जानकारी दिएका हुन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको मौलिकता झल्काउने र खुल्ला ठाउँ (ओपन स्पेस) निकाल्ने लक्ष्यसहित रानीपोखरीदेखि दशरथ रंगशालासम्मलाई समावेश गरेर गुरूयोजनाको प्रस्ताव तयार पारेको छ। जसमा सुरूआती चरणमा घण्टाघरतर्फ रहेको त्रिचन्द्र कलेजको भवनलाई प्रवलीकरण गरी जस्ताको जस्तै बनाउने, त्यसपछि घण्टाघर पछाडि रहेको खाली जग्गा र जमलमा रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्ने प्रस्ताव गरिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घण्टाघरतर्फ रहेको भवनको प्रवलीकरणका लागि गत वर्ष विस्तृत परियोजना प्रस्ताव र इन्जिनियरिङ् डिजाइन सम्पन्न भएको र चालू आर्थिक वर्षमा नेपाल सरकारको स्रोतबाट १० करोड रूपैयाँ बजेटको व्यवस्थापन गरी बोलपत्र निकालेर अघि बढ्ने तयारी भइरहेको जनाएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण योजना महाशाखाका उपसचिव भगवान अर्यालका अनुसार घण्टाघर पछाडिको जग्गा र जमलस्थित जग्गामा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणको लागि भारतीय एक्जिम बैंकको सहयोग अन्तर्गत दुई अर्ब रूपैयाँको प्रस्ताव पठाइएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेजका प्रमुख, प्राध्यापकहरू, विद्यार्थी संघसंगठनका पदाधिकारीहरूसँग विभिन्न चरणको छलफल र परामर्शपछि गुरूयोजनाको कार्यान्वयनका लागि जमलमा रहेको जग्गामा कलेजको भवन बनाउन प्रस्ताव गरिएको बताए।
२०७६ भदौ ५ गते प्राधिकरणका प्रमुख कार्यकारी अघिकृत ज्ञवाली, सचिव शिवहरी शर्मा, त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँ, शिक्षाध्यक्ष, रजिष्ट्रार त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख लगायतबीच छलफल भएको थियो।
जसमा जमलमा रहेको जग्गामा त्रिचन्द्र कलेजको भवन बनाउन प्रस्ताव गरिएको थियो भने कलेजको भवनको रेट्रोफिटिङ र नयाँ भवन बनाउनेबारे छलफल भएको थियो।
२०७६ माघ १५ गते पुनः प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली, त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष, रजिष्ट्रार, त्रिचन्द्र कलेजका क्याम्पस प्रमुखसहितको बैठकमा घण्टाघरतर्फको भवन प्रवलीकरण गर्ने र प्रबलीकरणको अवस्थामा पठनपाठन निरन्तरताका लागि ३० वटा कोठाको प्रिफ्याव भवन बनाउने कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत् अघि बढाउने र घण्टाघर पछाडिको जग्गामा भवनको डिजाइन कार्य अगाडि बढाउनेबारे छलफल भएको थियो।
उक्त बैठकमा जमलस्थित पहिले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजको भवन निर्माण गर्न त्रिभुवन विश्वविद्यालय एवं त्रिचन्द्र कलेजद्वारा प्राधिकरणसमक्ष राखेको प्रस्तावमा छलफल हुँदा त्रिभुवन विश्वविद्यालय एवं त्रिचन्द्र कलेजले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल गर्ने र प्राधिकरणले बजेट व्यवस्था मिलाउने कुरा भएको थियो।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले राष्ट्रिय पुस्तकालयको महत्वलाई ध्यानमा राखी पहिले नै राष्ट्रिय पुस्तकालय रहेको पुल्चोकस्थित हरिहर भवनमा राष्ट्रिय पुस्तकालय एवं राष्ट्रिय मानव अधिकार आयोग लगायतका निकायहरू रहने गरी बोलपत्र आह्वान भएको र निर्माण व्यवसायी छनाेटको चरणमा रहेको जानकारी दिए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले हरिहर भवन पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा ६५ करोड रूपैयाँको व्यवस्था भइसकेको छ ।
सुरूमा राष्ट्रिय पुस्तकालय रहेको हरिहर भवनमा नै राष्ट्रिय पुस्तकालय बनाउने बारेमा राष्ट्रिय पुस्तकालयसँग परामर्श गरी तीन वर्षअघि नै गुरूयोजना तयार पारिएको थियो। तर, भारतीय एक्जिम बैंकको सहयोगमा पुनर्निर्माण गर्ने कार्यमा ढिलाइ हुँदा मन्त्रिपरिषद्ले जमलमा राष्ट्रिय पुस्तकालय बनाउने निर्णय गरेको थियो ।
“हरिहर भवनमा राष्ट्रिय पुस्तकालय बनाउने प्रकृया अघि बढिसकेको र बृहत्तर रानीपोखरीको गुरूयोजनाको प्रस्ताव तयार भएको अवस्थामा जमलस्थित जग्गामा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्नु सान्दर्भिक देखिन्छ,” प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
नेपालकै सबैभन्दा जेठो कलेजका रूपमा रहेको त्रिचन्द्र कलेजका अधिकांश भवनहरू जीर्ण भएका छन्। कलेजमा करिब १० हजार विद्यार्थी अध्ययनरत छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरोकारवाला सबै पक्षसँग छलफल गरी बृहत्तर रानीपोखरीको गुरूयोजनाको प्रस्ताव तयार पारेको हो। अब बस्ने निर्देशक समितिको बैठकमा पेश गर्ने प्राधिकरणले जनाएको छ।
“प्रस्तावित गुरूयोजनाको प्रस्ताव पारित भई कार्यान्वयन गर्दा खाली ठाउँसहित काठमाडौं उपत्यकाको मुहार फेर्न सक्छौं,” प्रमुख कार्यकारी ज्ञवालीले भने।
" /> काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जमलस्थित पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरेको छ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी, खुलामञ्च, टुँडिखेल क्षेत्रको बृहत्तर गुरूयोजनामा अन्तर्गत उक्त भवन निर्माण गर्ने प्रस्ताव गरिएको जानकारी दिएका हुन्।

">