काठमाडाैं। विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एअरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन्।
जुलाई ३१ तारिखदेखि हुने चाैथो चरणको उद्धार उडानका लागि नेपाली एअरलाइन्सले आगामी अगष्ट ८ तारिखसम्मको उडान तालिका बनाएकाे हाे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एअरलाइन्सले अगष्ट ८ तारिखसम्म जम्मा १८ उडान गर्नेछ।
यूएईको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ।
हिमालयले पनि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म कूल १८ उडान गर्ने जनाएको छ।
चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ।
कुन एअरलाइन्सका कति उडान् ?
नेपाल एअरलाइन्सले जुलाई ३१ तारिखमा जापान र कुवेत उडान गर्नेछ। अगष्ट १ मा क्वालालम्पुर र कतार, अगष्ट २ मा जेदाह र दुबई, अगष्ट ३ मा अष्ट्रेलिया र कतार, अगष्ट ४ मा दुबई र कतार, अगष्ट ५ मा रियाद र दमाम, अगष्ट ६ मा रियाद र दुबई, अगष्ट ७ मा रियाद र दमाम र अगष्ट ८ तारिखमा जेदाह र दुबईमा चार्टर्ड उडान गर्ने जनाएको छ।
हिमालयले जुलाई ३० र अगष्ट १ तारिखमा कुवेतमा दुई उडान गर्नेछ। चीनको कुनमिङमा जुलाई ३१ मा एक मात्र उडान हुनेछ।
जुलाई ३१ र अगष्ट ३ तारिखमा दोहामा उडान गर्ने हिमालयले जुलाई ३१, अगष्ट १,२, ३ र ४ तारिखसम्म अबुधाबी गन्तव्यमा चार्टर्ड उडान गर्नेछ।
त्यस्तै अगष्ट २, ३, ६ र ७ तारिखका दिन क्वालालम्पुर र अगष्ट ४, ५, ६ र ७ तारिखमा दमाम उडान गरिने हिमालयले विज्ञप्तिमार्फत् जनाएको छ।
नेपालीको उद्धारका लागि विदेशी एअरलाइन्सले पनि जुलाई ३१ देखि ८ अगष्टसम्म चार्टर्ड उडान गर्नेछन्। जजीरा एअरले कुवेत, इत्तिहाद एअरले अबुधावी, एयर अरेबियाले सारजाह, फ्लाई दुबईले दुबई, कतार एअरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन्।
सोही अवधिमा मालिन्दो एअरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ।
यसअघि नेपाल एअरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो।
दोस्रोपटक जुलाई १२ र तेस्रोपटक जुलाई २१ सम्म उडान गरेको थियो। हिमालयले जुन १६ देखि जुलाई १२ र जुलाई २१ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो।
सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो। कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयअनुरूप विभिन्न चरणमा नेपाली स्वदेश फर्काइएको हो।
अहिलेसम्म ३५ हजार भन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन्।
सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने निर्णय गरिसकेको छ।
बन्दाबन्दीको झण्डै पाँच महिनापछि हुने नियमित उडान एक तिहाइ संख्यामा मात्रै हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। रासस
" /> काठमाडाैं। विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एअरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन्।जुलाई ३१ तारिखदेखि हुने चाैथो चरणको उद्धार उडानका लागि नेपाली एअरलाइन्सले आगामी अगष्ट ८ तारिखसम्मको उडान तालिका बनाएकाे हाे।

">