काठमाडौं। मास्क नलगाईकन हिँड्नेलाई कारबाही गर्दै आएको प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिकामा कोरोना भाइरस महामारीबारे जनचेतना जगाउनुका साथै सर्वसाधारणलाई मास्क वितरण गरेको छ।
कलैयाको भरत चोकमा हिजो समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डित र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णप्रसाद पंगेनीले सर्जिकल मास्क वितरण गरेका थिए।
स्थानीय व्यापारी, पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई मास्क वितरण गर्नुका साथै कोरोना भाइरस महामारीबाट कसरी सुरक्षित रहने भनेर जानकारी गराइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले अहिलेसम्म जिल्लामा मास्क नलगाई हिँड्ने दुई हजार २५७ जनालाई कारबाहीको दायरामा ल्याइसकेको बताइएको छ।
यसरी मास्क नलगाउनेलाई गरिएको कारबाहीबाट दुई लाख २५ हजार ७०० रूपैयाँ राजस्व संकलन गरेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। मास्क नलगाईकन हिँड्नेलाई कारबाही गर्दै आएको प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिकामा कोरोना भाइरस महामारीबारे जनचेतना जगाउनुका साथै सर्वसाधारणलाई मास्क वितरण गरेको छ।

">