काठमाडौं। कमलादीबाट आज बरामद गरिएको १५ किलो पहेँलो धातुमध्ये आधा किलो मात्रै सुन भएको प्रहरीले जनाएको छ।
उक्त पहेँलो धातुमा १४ किलो चाँदी रहेको र त्यसको बाहिर सुनको जलप लगाएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
परिसरका एसएसपी श्यामलाल ज्ञवालीले बरामद गरिएको धातु परीक्षणको लागि सुनचाँदी व्यवसायी महासंघमा पठाएको र उक्त परीक्षणबाट चाँदीमा सुनको जलप लगाएको पाइएको बताए।
उनले कुनै व्यवसायीलाई झुक्याएर बेच्न लैजाँदै गरेको आशंका व्यक्त गरे।
प्रहरीले आज बिहान कमलादीबाट दुई थान अवैध हतियार र पहेँलो धातु बरामद गरिएको थियो।
कमलादीस्थित कृष्ण पाउरोटी चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा बा ६ च ५५१९ नम्बरको स्कोरपियो गाडी प्रहरीले रोक्न खोज्दा गाडी नरोकी भागेको र प्रहरीले पछ्याउँदै जाँदा कमलादीस्थित नबिल बैंक अगाडि सेतो रङको कपडाको झोला फ्याँकी गाडी फरार भएको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। कमलादीबाट आज बरामद गरिएको १५ किलो पहेँलो धातुमध्ये आधा किलो मात्रै सुन भएको प्रहरीले जनाएको छ।

">