काठमाडौं। मलेसियाका पूर्वप्रधानमन्त्री नजीब रजाक अर्बौं डलर भ्रष्टाचारमा दोषी साबित भएका छन्।
क्वालालम्पुर उच्च अदालतले २००९ देखि २०१८ सम्म प्रधानमन्त्रीका रूपमा मलेसियाको प्रशासन चलाएका उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
वान एमडिबी नामको एक सरकारी फण्डसँग जोडिएको मुद्दामा नजीबले आफ्नो पदको दूरुपयोग गरेको ठहर अदालतले गरेको थियो। पूर्वप्रधानमन्त्री नजीबविरुद्ध यस्तै तीन मुद्दा चलिरहेकोमा एउटाको फैसला आएको बताइएको छ। तथापि उनले भने आफूमाथि लगाइएका कुनै पनि आरोप सत्य नभएको दाबी गर्दै आएका छन्।
“यो राजनीतिक रूपमा मविरुद्ध प्रतिशोध लिन खोजिएको हो। मैले आर्थिक रुपमा कुनै पनि गलत काम गरेको छैन,” उनको दाबी रहँदै आएको छ।
तर, सरकारी वकिलको कार्यालयले भने वान एमडिबी फण्डबाट कम्तिमा एक अर्ब डलर नजीबको खातामा ट्रान्सफर गरिएको आरोप लगाएको छ।
मलेसियामा दुई वर्षअघि सम्पन्न निर्वाचनमा पराजित भएपछि नजीब सत्ताबाट बाहिरिएका थिए।