पहिरोमा पुरिएर दार्चुलामा एक दम्पती बेपत्ता

कैलाली। दार्चुलाको दुहु गाउँपालिका-३ सल्लेखेतीमा पहिरोले पुरिँदा एक दम्पती बेपत्ता भएका छन्।

आज बिहान ५ बजेतिर घरमाथिबाट पहिरो खस्दा ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रबक्ता एसएसपी मुकेशकुमार सिंहले देखापढीलाई बताए ।

हिजो देखी परेको भारी वर्षाका कारण गएको पहिरोले दुईतले टिनले छाएको घर पुरिएको छ।

स्थानीय र प्रहरीको टोली बिहानै घटनास्थलमा पुगेर दम्पतीको खोजी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्