आफ्नो विवरण भराउँदै समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्का।
भोजपुरमा राष्‍ट्रिय परिचयपत्र वितरण शुरू
भोजपुर। भोजपुरमा राष्ट्रिय परिचयपत्र वितरण शुरू गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी वितरण थालेको हो।

नागरिकका सम्पूर्ण सूचना एकीकृत रूपमा व्यवस्थापन गर्न तथा राज्यका सेवा सुविधा वितरणमा सहजताका लागि राज्यको अभियान अन्तर्गत परिचयपत्र वितरण कार्य शुरू गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए।

सरकारले पहिलो चरणमा पाँचथर र सिहंदरवार परिसरबाट वितरण शुरू गरेको थियो।

त्यसपछि झापा, संखुवासभा, सप्तरी, महोत्री, ललितपुर, रसुवा लगायतका जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्