हत्या अभियोगमा चितवनमा पाँचजना पक्राउ <p>चितवन। भरतपुर महानगरपालिका-१४ का राजकुमार गुरुङको हत्यामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p>उनीहरूविरुद्ध हिजै कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। भरतपुर महानगरपालिका-१० मैयादेवी कन्याकलेज नजिकको झाडीमा गत २३ असारमा ४१ वर्षीय गुरुङको शव भेटिएका थियो ।</p> <p>पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका-४ घर भई भरतपुर महानगरपालिका-१० बस्ने ३४ वर्षीय कमल गन्धर्व, रौतहटको गजुरा नगरपालिका-१ घर भई सोही स्थान बस्ने ३० वर्षीय अमरबहादुर थिङ, दाङ घोराही उपमहानगरपालिका घर भई सोही स्थान बस्ने २४ वर्षीय सागर ओली, भरतपुर महानगरपालिका-८ बस्ने ३१ वर्षीय &nbsp;प्रकाश विक र एक बालक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। हत्यामा संलग्न दुईजना अझै फरार छन्।&nbsp;</p> <p>गुरुङले कमल गन्धर्वसँग केही समयका लागि &nbsp;ठेला रिक्सा मागी लगेको र सोही ठेला पदमपुरमा लगी बिक्री गरेको भन्ने विषयमा विवाद हुँदा &nbsp;हत्या भएको अनुसन्धानबाट खुलेको डीएसपी थापाले बताए। रासस</p>
प्रतिक्रिया दिनुहोस्