जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

अमरगढी। जङ्गली च्याउ खाँदा डडेल्धुरामा एक बालकको मृत्यु र चार बिरामी भएका छन्।

नवदुर्गा गाउँपालिकामा-३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो।

उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ।

च्याउ खाँदा बिरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्