काठमाडौं। विभिन्न बहानामा हैरानी दिई मोबाइल र नगद लिएको आराेपमा कीर्तिपुर नगरपलिका-२, ट्याङलाफाँट बस्ने प्रहरी प्रधान कार्यालयमा कार्यरत असई गोबिन्दबहादुर साउदलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
साउदले चोरी भएको मोबाइल ट्रेस गरी उक्त मोबाइल चलाइरहेको व्यक्ति पत्ता लगाएर विभिन्न बहानामा फसाउँछु भन्दै हैरानी दिने गरेकाे खुलेको छ।
उक्त मोबाइल तथा नगदसमेत हैरानी दिएर लिएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएकाे थियाे।
उक्त सूचना प्राप्त हुने बित्तिकै प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय र महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनको साथबाट १० हजार नगद र दुई थान मोबाइल बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। विभिन्न बहानामा हैरानी दिई मोबाइल र नगद लिएको आराेपमा कीर्तिपुर नगरपलिका-२, ट्याङलाफाँट बस्ने प्रहरी प्रधान कार्यालयमा कार्यरत असई गोबिन्दबहादुर साउदलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।साउदले चोरी भएको मोबाइल ट्रेस गरी उक्त मोबाइल चलाइरहेको व्यक्ति पत्ता लगाएर विभिन्न बहानामा फसाउँछु भन्दै हैरानी दिने गरेकाे खुलेको छ।

">