काठमाडौं। मुद्दाको फैसलालाई लिएर सार्वजनिक रूपमा टिप्पणी भएपछि सर्वोच्च अदालतले ध्यानाकर्षण भएको जनाएको छ।
अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको काम कारबाही र न्याय सम्पादनमा प्रभाव पार्ने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्न पनि सर्वोच्चले अनुरोध गरेको छ।
“न्यायापालिकाको काम कारबाहीमा भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह र टीकाटिप्पणी गर्दा न्यायापालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ पनि ध्यान दिन जरूरी रहेको छ,” सर्वोच्चले विज्ञप्तिमार्फत भनेको छ।
न्याय सम्पादनको क्रममा हुन सक्ने त्रुटि सच्याउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरूप अदालतबाटै हुने मान्यता रहेको पनि उल्लेख गरेको छ। त्रुटि सच्याउने कार्य संवैधानिक, कानुनी र न्यायिक अभ्यासको माध्यमबाट स्थापित हुँदै आएको पनि जनाएको छ।
सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्चले गरेको फैसलाप्रति सार्वजनिक रूपमा असन्तुष्टि र टीकाटिप्पणी हुँदै आएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले असार १५ गते त्यसअघि जिल्ला अदालत काठमाडौंबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका कोइरालाको साढे ११ वर्ष कैद सजाय घटाएको थियो।
त्यसपछि उनी साढे आठ वर्ष कैद भुक्तान गरी थुनामुक्त भइसकेका छन्। उनले पत्नी गीता ढकालको २०६८ पुस २७ गते हत्या गरेका थिए।