काठमाडौं। झापा बिर्तामोडका योगेश वली पुस्तकका अम्मली हुन् भन्दा फरक पर्दैन। नयाँ पुस्तक प्रकाशन भयो कि उनलाई त्यो पढ्नै पर्छ। पहिले स्टेशनरीबाट पुस्तक खरिद गर्ने उनी आजभोलि अनलाइनबाटै खरिद गर्छन्। “एक वर्ष भयो मैले अनलाइनबाटै किताब मगाउने गर्ने गरेको छु,” उनी भन्छन्, “पुस्तक प्रकाशनको केही दिनमै आफ्नै हातमा पर्ने गरेकाले अनलाइनको प्रयोग गर्ने गरेको छु।’

काठमाडौंबाहिर साहित्यका पुस्तकहरू पाउन गाह्रो नै हुन्छ। यहाँ प्रकाशित पुस्तक बाहिर पुग्न निकै समय पनि लाग्न सक्छ। अनलाइनबाट मगाउँदा झन्झट पनि नहुने र चाँडै प्राप्त हुने उनको भनाइ छ।

काठमाडौं उपत्यकामै पनि पुस्तक पसलहरू चहार्नुपर्ने बाध्यता छ। पसल–पसल चहार्न नरूचाउने ग्राहकलाई अनलाइन माध्यमले सहज बनाएको छ।

काठमाडौंकी स्वर्ण ताम्राकारले पत्रकार तथा लेखक नारायण वाग्लेको किताब ‘कोरियाना कफीगफ’ अनलाइनबाट अर्डर गरिन्। किताब प्राप्त भएपछि उनले जीवनलाई सहज बनाइदिएको भन्दै ‘होम डेलिभरी’ गर्ने किताब यात्रा डटकमलाई ट्वीटमार्फत् धन्यवाद दिइन्।

काठमाडौंकै जया लुइँटेलले थुप्रै डटकमबाट ‘दरबारको दुःखान्त’ भन्ने पुस्तक माग गरिन्। एकदमै छिटो ‘डेलीभरी’ गरिदिएकोमा थुप्रै डटकमलाई उनले ट्वीटमार्फत् धन्यवाद व्यक्त गरिन्।

आजभोलि पसलमै गएर किताब किन्ने बानी विस्तारै कम हुँदै गएको छ। अहिले आफूले चाहेको किताब खरिद गर्न पसल–पसल चहार्नु पर्दैन। अनलाइन बुकसपहरूको वेबसाइटमा गएर केही ‘क्लीक’ गरेकै भरमा किताब आफ्नो हातमा पर्छ। त्यही पनि सस्तो र सुलभ मूल्यमा। आउँदै गरेको किताबलाई ‘प्रि बुकिङ’ पनि गर्न सकिन्छ।

अहिले देश तथा विदेशमा समेत किताबहरू पठाउने गरिएको किताब यात्रा प्रालिका सञ्चालक मध्येका एक दीपेश भट्टराईले बताए।  दुई वर्षअघि दीपेश, ऋषिराम अधिकारी र त्रिपेशकिशोर घिमिरेले यो कम्पनी सञ्चालन गरेका थिए। “हाम्रो देशमा कपडा, खाना, इलेक्ट्रोनिक्स सामानहरू अनलाइनबाटै डेलीभरी हुन सक्छ भने किताब पनि त डेलीभरी गर्न सकिन्छ भनेर हामीले यो काम थालेका हौं,” भट्टराईले भने ।

खल्ती, इसेवा, प्रभु, आइएमइपे, कार्ड र डेलीभरी हुँदा नगदबाट समेत किताबको मूल्य तिर्न सकिने उनको भनाइ छ। “उपत्यका बाहिर ८०० रुपैयाँभन्दा बढीको पुस्तकमा डेलीभरी शुल्क १०० र त्योभन्दा माथि भयो भने १० प्रतिशत छुटसहित निःशुल्क डेलीभरी गर्ने गरेका छौं,” उनले भने, “उपत्यकाभित्र १० प्रतिशत छुटसहित निःशुल्क डेलीभरी गरिरहेका छौं।” देशबाहिरको हकमा ‘सिपिङ चार्ज’ मगाउने व्यक्तिहरूले नै तिर्नुपर्ने र त्यसको करिब १५ देखि २० डलर जति अतिरिक्त खर्च हुने उनले बताए। अहिले १०० बढी किताबहरू दिनमै बिक्री हुने गरेको भट्टराईको भनाइ छ।

अनलाइन बुक स्टोरहरूले प्रकाशकबाटै किताबहरू मगाएर अनलाइनमा राख्ने गरेका छन्। साथै उनीहरूले डिजिटल मार्केटिङ (सोसियल मिडिया) मार्फत् पाठकलाई किताबको जानकारी दिने गरेका छन्।

थुप्रै डटकमका सञ्चालक राजु गोतामे किताब सहजैरूपमा पाउन गाह्रो भएको देखेपछि अनलाइन बुक स्टोर सञ्चालन गर्ने सोच पलाएको बताउँछन्। “म आफैं पनि किताबप्रेमी मान्छे, सजिलै चाहेको किताब पाउन गाह्रो भयो र समय पनि धेरै खर्च हुन्थ्यो,” उनले भने, “यसैलाई मध्यनजर गर्दै म र अर्को साथी मिलेर यो सञ्चालन गरेका हौं।”

उपत्यकाभित्र एकैदिनमा र उपत्यका बाहिर कुरियरमार्फत् दुईदेखि चारदिनभित्र किताब ग्राहकको हातमा पुग्ने उनको भनाइ छ। अहिले दैनिक ३० देखि ४० वटा किताबको अर्डर आउने गरेको उनले बताए।

सांग्रिला बुक्सका सञ्चालक मणि शर्मा अनलाइन बुक स्टोरले किताब बिक्रीमा सकारात्मक प्रभाव पारेको बताउँछन्। “नयाँ–नयाँ भए पनि विस्तारै यसको प्रभावकारिता बढ्दै गइरहेको छ,” उनले भने, “यसले पाठक, प्रकाशक र लेखकलाई एकदमै सहज बनाइदिएको छ।”

‘डेलीभरी’ मा समस्या

अनलाइन बुक स्टोरहरूको समस्या डेलीभरीमा देखा परेको छ। ठ्याक्कै ‘लोकेसन’ थाहा नहुँदा डेलीभरीमा समस्या देखिएको छ। “ट्रयाकिङ सिस्टममा अलि समस्या छ,” किताब यात्राका सञ्चालक दीपेश भट्टराई भन्छन्, “पीपलको रुखनिरको तीनतले घरमा डेलीभरी गरिदिनू भन्ने जस्ता खबर आउँछ, त्यो स्थान खोज्नै समस्या हुन्छ।”

झापाका पाठक योगेश वलीले पनि डेलीभरीमा सामान्य समस्या देखिएको बताए। “अनलाइनबाट पर्सी हातमा पर्छ भनेर जानकारी आउँछ,” उनले भने, “कहिलेकाहीँ १०–१२ दिनपछि पनि किताब हात लागेको छ ।” तर, यी प्राविधिक समस्या भएकाले यसलाई सामान्य रूपमा लिएको उनको भनाइ छ ।
काठमाडौंमा बुकवर्म, किताब यात्रा, थुप्रै, सस्तो बुक, हेरिटेज, इसेवा पसल, दराजलगायतका दर्जन बढी अनलाइन बुक स्टोर सञ्चालनमा छन् ।

" /> काठमाडौं। झापा बिर्तामोडका योगेश वली पुस्तकका अम्मली हुन् भन्दा फरक पर्दैन। नयाँ पुस्तक प्रकाशन भयो कि उनलाई त्यो पढ्नै पर्छ। पहिले स्टेशनरीबाट पुस्तक खरिद गर्ने उनी आजभोलि अनलाइनबाटै खरिद गर्छन्। “एक वर्ष भयो मैले अनलाइनबाटै किताब मगाउने गर्ने गरेको छु,” उनी भन्छन्, “पुस्तक प्रकाशनको केही दिनमै आफ्नै हातमा पर्ने गरेकाले अनलाइनको प्रयोग गर्ने गरेको छु।’

काठमाडौंबाहिर साहित्यका पुस्तकहरू पाउन गाह्रो नै हुन्छ। यहाँ प्रकाशित पुस्तक बाहिर पुग्न निकै समय पनि लाग्न सक्छ। अनलाइनबाट मगाउँदा झन्झट पनि नहुने र चाँडै प्राप्त हुने उनको भनाइ छ।

काठमाडौं उपत्यकामै पनि पुस्तक पसलहरू चहार्नुपर्ने बाध्यता छ। पसल–पसल चहार्न नरूचाउने ग्राहकलाई अनलाइन माध्यमले सहज बनाएको छ।

काठमाडौंकी स्वर्ण ताम्राकारले पत्रकार तथा लेखक नारायण वाग्लेको किताब ‘कोरियाना कफीगफ’ अनलाइनबाट अर्डर गरिन्। किताब प्राप्त भएपछि उनले जीवनलाई सहज बनाइदिएको भन्दै ‘होम डेलिभरी’ गर्ने किताब यात्रा डटकमलाई ट्वीटमार्फत् धन्यवाद दिइन्।

काठमाडौंकै जया लुइँटेलले थुप्रै डटकमबाट ‘दरबारको दुःखान्त’ भन्ने पुस्तक माग गरिन्। एकदमै छिटो ‘डेलीभरी’ गरिदिएकोमा थुप्रै डटकमलाई उनले ट्वीटमार्फत् धन्यवाद व्यक्त गरिन्।

आजभोलि पसलमै गएर किताब किन्ने बानी विस्तारै कम हुँदै गएको छ। अहिले आफूले चाहेको किताब खरिद गर्न पसल–पसल चहार्नु पर्दैन। अनलाइन बुकसपहरूको वेबसाइटमा गएर केही ‘क्लीक’ गरेकै भरमा किताब आफ्नो हातमा पर्छ। त्यही पनि सस्तो र सुलभ मूल्यमा। आउँदै गरेको किताबलाई ‘प्रि बुकिङ’ पनि गर्न सकिन्छ।

अहिले देश तथा विदेशमा समेत किताबहरू पठाउने गरिएको किताब यात्रा प्रालिका सञ्चालक मध्येका एक दीपेश भट्टराईले बताए।  दुई वर्षअघि दीपेश, ऋषिराम अधिकारी र त्रिपेशकिशोर घिमिरेले यो कम्पनी सञ्चालन गरेका थिए। “हाम्रो देशमा कपडा, खाना, इलेक्ट्रोनिक्स सामानहरू अनलाइनबाटै डेलीभरी हुन सक्छ भने किताब पनि त डेलीभरी गर्न सकिन्छ भनेर हामीले यो काम थालेका हौं,” भट्टराईले भने ।

खल्ती, इसेवा, प्रभु, आइएमइपे, कार्ड र डेलीभरी हुँदा नगदबाट समेत किताबको मूल्य तिर्न सकिने उनको भनाइ छ। “उपत्यका बाहिर ८०० रुपैयाँभन्दा बढीको पुस्तकमा डेलीभरी शुल्क १०० र त्योभन्दा माथि भयो भने १० प्रतिशत छुटसहित निःशुल्क डेलीभरी गर्ने गरेका छौं,” उनले भने, “उपत्यकाभित्र १० प्रतिशत छुटसहित निःशुल्क डेलीभरी गरिरहेका छौं।” देशबाहिरको हकमा ‘सिपिङ चार्ज’ मगाउने व्यक्तिहरूले नै तिर्नुपर्ने र त्यसको करिब १५ देखि २० डलर जति अतिरिक्त खर्च हुने उनले बताए। अहिले १०० बढी किताबहरू दिनमै बिक्री हुने गरेको भट्टराईको भनाइ छ।

अनलाइन बुक स्टोरहरूले प्रकाशकबाटै किताबहरू मगाएर अनलाइनमा राख्ने गरेका छन्। साथै उनीहरूले डिजिटल मार्केटिङ (सोसियल मिडिया) मार्फत् पाठकलाई किताबको जानकारी दिने गरेका छन्।

थुप्रै डटकमका सञ्चालक राजु गोतामे किताब सहजैरूपमा पाउन गाह्रो भएको देखेपछि अनलाइन बुक स्टोर सञ्चालन गर्ने सोच पलाएको बताउँछन्। “म आफैं पनि किताबप्रेमी मान्छे, सजिलै चाहेको किताब पाउन गाह्रो भयो र समय पनि धेरै खर्च हुन्थ्यो,” उनले भने, “यसैलाई मध्यनजर गर्दै म र अर्को साथी मिलेर यो सञ्चालन गरेका हौं।”

उपत्यकाभित्र एकैदिनमा र उपत्यका बाहिर कुरियरमार्फत् दुईदेखि चारदिनभित्र किताब ग्राहकको हातमा पुग्ने उनको भनाइ छ। अहिले दैनिक ३० देखि ४० वटा किताबको अर्डर आउने गरेको उनले बताए।

सांग्रिला बुक्सका सञ्चालक मणि शर्मा अनलाइन बुक स्टोरले किताब बिक्रीमा सकारात्मक प्रभाव पारेको बताउँछन्। “नयाँ–नयाँ भए पनि विस्तारै यसको प्रभावकारिता बढ्दै गइरहेको छ,” उनले भने, “यसले पाठक, प्रकाशक र लेखकलाई एकदमै सहज बनाइदिएको छ।”

‘डेलीभरी’ मा समस्या

अनलाइन बुक स्टोरहरूको समस्या डेलीभरीमा देखा परेको छ। ठ्याक्कै ‘लोकेसन’ थाहा नहुँदा डेलीभरीमा समस्या देखिएको छ। “ट्रयाकिङ सिस्टममा अलि समस्या छ,” किताब यात्राका सञ्चालक दीपेश भट्टराई भन्छन्, “पीपलको रुखनिरको तीनतले घरमा डेलीभरी गरिदिनू भन्ने जस्ता खबर आउँछ, त्यो स्थान खोज्नै समस्या हुन्छ।”

झापाका पाठक योगेश वलीले पनि डेलीभरीमा सामान्य समस्या देखिएको बताए। “अनलाइनबाट पर्सी हातमा पर्छ भनेर जानकारी आउँछ,” उनले भने, “कहिलेकाहीँ १०–१२ दिनपछि पनि किताब हात लागेको छ ।” तर, यी प्राविधिक समस्या भएकाले यसलाई सामान्य रूपमा लिएको उनको भनाइ छ ।
काठमाडौंमा बुकवर्म, किताब यात्रा, थुप्रै, सस्तो बुक, हेरिटेज, इसेवा पसल, दराजलगायतका दर्जन बढी अनलाइन बुक स्टोर सञ्चालनमा छन् ।

"> युवाको नयाँ स्टार्टअप : ढोकैमा किताब: Dekhapadhi
युवाको नयाँ स्टार्टअप : ढोकैमा किताब

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्