सवारी लाइसेन्स बनाइदिन्छु भन्ने पक्राउ
<p>काठमाडौं। सवारी लाइसेन्स बनाइदिन्छु भन्दै रकम माग गर्ने एक युवकलाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका-८ घर भएका २५ वर्षीय प्रेमराज पाण्डे छन्।</p>
<p>आइतबार पक्राउ गरेका उनी भक्तपुर मध्यपुर ठिमी नगरपालिका मगरगाउँका बस्दै आएको पाइएको प्रहरीले जनाएको छ।</p>
<p>प्रहरीले उनीविरुद्ध अनुसन्धान थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
