रूसको सम्भावित स्पेस हमलामा बेलायतको डर
काठमाडौं। बेलायती सरकारी अधिकारीहरू रूसले स्पेस हमला गर्ला भनेर डराएका छन्। हालै रूसले एक ‘एन्टी स्याटेलाइट’ हतियार लन्च गरेपछि यो डर उत्पन्न भएको हो। एन्टी स्याटेलाइट लन्चपछि ‘कमन डिफेन्स कमिटी’का अध्यक्ष टोबियस एलवुडले चेतावनी दिँदै यदि रूसलाई स्पेसमा हतियार बनाउने अनुमति दिइयो भने ‘जीपीएस सिस्टम’मा खतरा हुने बताएका हुन्।

अमेरिकी सेनाका स्पेस कमानले बताएका थिए- अन्तरिक्षमा चक्कर लगाइरहेको रूसको स्याटेलाइट कसमस २५४२माथि १५ जुलाईमा उसले आफ्नै स्याटेलाइट कसमस २५४३मार्फत् मिसाइल हमला गरेको थियो। एलवुडले यो खतराबारे उचित कदम चाल्न सरकारलाई अपिल गरेका छन्।

‘‘हाम्रो जीवनका हरेक कामकुरा जीपीएसमा निर्भर छन्। भुक्तानी, कृषि, मेसिनरी, आधुनिक उद्योग र सुरक्षाजस्ता कुरा यसमै अडेका छन्। जीपीएसमा नोक्सान हुनु भनेको नेभिगेसन ठप्प हुनु हो,’’ टेलिग्राफसँग एलवुड भन्छन्। यो हतियारले पश्चिमी स्याटेलाइटहरूलाई नोक्सान पार्ने चिन्ता गरिएको छ।

सुरक्षा, विकास तथा नीतिनिर्माताले यसबारे तुरून्तै आवश्यक छलफल(रिभ्यु) गर्नु पर्ने एलवुडको भनाइ छ। रिभ्युमा राष्ट्रिय सुरक्षा तथा विदेश नीतिका रणनीतिमाथि चर्चा हुनु जरूरी रहेको उनी बताउँछन्। रूसले भने आफ्नो शान्तिपूर्ण स्पेस क्याम्पेनविरूद्ध अमेरिकाले अभियान चलाएको आरोप लगाएको छ।

१५ जुलाईमा रूसको अन्तरिक्षमा जन्म लिन लागेको उपग्रह कसमस २५४३ ले अन्तरिक्षको बहिरी इलाकामा मिसाइलद्वारा हमला गरेको हो। एलवुडले यही घटनाका कारण अमेरिका र उसका सहयोगीको अन्तरिक्षमा मौजुद उपग्रहमा खतरा उत्पन्न भएको चिन्ता जनाएका हुन्। अमेरिकी सेनाले रूसमाथि अन्तरिक्षमा एन्टी स्याटेलाइट हतियार परीक्षण गरेको आरोप पहिलो पल्ट लगाएको हो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्