काठमाडाैं। रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटना छानविन संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवदेन संघीय संसद्ले आवश्यक कार्यान्वयनका लागि सरकारलाई पठाएको छ।
संघीय संसद्को अधिवेशन नचलेको अवस्थामा प्राप्त प्रतिवेदन सरकारलाई पठाइएको हो। सो प्रतिवेदन यही असार ८ गते पठाइएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
गत असार ३० गते रुकुम घटना छानविनका लागि गठित संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले सभामुख सापकोटालाई प्रतिवेदन हस्तान्तरण गरेका थिए।
२०७७ जेठ २६ गते बसेको प्रतिनिधिसभा बैठकबाट चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएकोमा सो समितिले समयमै प्रतिवेदन बुझाएको हो।