काठमाडौं। ८४ वर्षीय बुबा धनबहादुर शाहीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जुम्लाको कनकासुन्दरी गाउँपालिका-४ बस्ने २८ वर्षीय ऐनबहादुर शाही पक्राउ परेका छन्।
उनले घरायसी विवादको क्रममा बुबा धनबहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा उनको मृत्यु भएको थियो।
मृत्यु भएपछि इलाका प्रहरी कार्यालय हाडसिजबाट खटिएको प्रहरी टोलीले ऐनबहादुलाई पक्राउ गरेको हो।
बाँकेमा पनि ७५ वर्षीय श्रीमान लक्षीराम थारुलाई बन्चरोले प्रहार गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका-६, नयाँ गिजराकी ६५ वर्षीया मिछिया थारु आइतबार पक्राउ परेकी छन्।
मिछीयाले सामान्य विवादका क्रममा धारिलो हतियार बन्चरोले टाउको, खुट्टा र हातमा प्रहार गर्दा लक्षीरामको मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले ऐनबहादुर र मिछियाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान थालेको जनाएको छ।
" /> काठमाडौं। ८४ वर्षीय बुबा धनबहादुर शाहीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जुम्लाको कनकासुन्दरी गाउँपालिका-४ बस्ने २८ वर्षीय ऐनबहादुर शाही पक्राउ परेका छन्।उनले घरायसी विवादको क्रममा बुबा धनबहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।

">