पाल्पा। तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन्। सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टको चुनढुङ्गा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ। पहिरोको कारण दुई घर विस्थापित भइसकेका छन्।
सिद्धार्थ राजमार्गको माथिल्लो भागमा पहिरो र जमिन भासिएपछि यस क्षेत्रका स्थानीयबासिन्दा रातभर सुत्न नपाएको गुनासो गरेका छन्। कतिबेला पहिरो आएर बगाउने हो भन्ने डरले राति निद्रा नै नलाग्ने स्थानीयवासी चमेली थापाले बताइन्। पहिरोले सडक बगाएको छ। तीन/चार ठाउँका सडक बगाएर मानिस पैदल हिँड्ने बाटोसमेत छैन।
स्थानीयवासी मानबहादुर गाहाले घर भासिएको क्षेत्रभन्दा तल्लो भागमा अधिकांश स्थानमा जमिन भासिएको र पहिरो गएकाले आफूहरू जोखिममा रहेको बताए। चुनढुङ्गा खानीसम्म पहुँचमार्ग निर्माण मापदण्डविपरित निर्माण गरिएकोले पहिरोको जोखिममा रहेको हो। क्षमताभन्दा बढी चुनढ्ङ्गा ढुवानी र सडक निर्माण गरी जथाभावी माटो फालिएकाले जमिन भासिएको स्थानीयवासीको गुनासो छ।
स्थानीयवासी कृष्ण पाण्डेयले सडक विस्तार गर्ने क्रममा पहिरोग्रस्त क्षेत्रबाट सडक विस्तार गरिएकोले पहिरोको जोखिम बढेको बताए। उनले गत वर्ष पनि पहिरो गएको र अहिले ठूलो समस्या हुने बताए। सडकको पहिरो सिस्ने खोलामा खसे सिद्धार्थ राजमार्ग, पुल र त्यस क्षेत्रमा ठूलो असर हुने पाण्डेयले बताए।
वडाध्यक्ष प्रेम पाण्डेका अनुसार सडक दुई तर्फबाट जमिन भासिएपछि जोखिम बढेको छ। जोखिम क्षेत्रका स्थानीयवासीलाई सुरक्षितरूपमा व्यवस्थापन गर्ने काम भइरहेको वडाध्यक्ष पाण्डेयले बताए।रासस
" /> पाल्पा। तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन्। सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टको चुनढुङ्गा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ। पहिरोको कारण दुई घर विस्थापित भइसकेका छन्।सिद्धार्थ राजमार्गको माथिल्लो भागमा पहिरो र जमिन भासिएपछि यस क्षेत्रका स्थानीयबासिन्दा रातभर सुत्न नपाएको गुनासो गरेका छन्। कतिबेला पहिरो आएर बगाउने हो भन्ने डरले राति निद्रा नै नलाग्ने स्थानीयवासी चमेली थापाले बताइन्। पहिरोले सडक बगाएको छ। तीन/चार ठाउँका सडक बगाएर मानिस पैदल हिँड्ने बाटोसमेत छैन।

">