म्याग्दी। धवलागिरि गाउँपालिका–६ नामरुककी सबिना विक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ। घरवरिपरि पहिरोले घेरेपछि राम्चेस्थित दलित उत्थान सङ्घको भवनमा उनी बस्न थालेको १५ दिन भयो। असार २६ गते बिहान साढे सात बजेतिर पकाएको खाना छोडेर भागेकी सबिनाले घर फर्किएर बस्न सक्ने अवस्था नभएको बताइन्।
“खाना खान बसेको बेला आगनमुनिको उत्तिसको रुख ढल्यो, करेसाको उपल्लो गह्रासम्म पहिरो आएपछि मैले ठूली छोरी र छोरालाई समातें, श्रीमानले सानो छोरी समाएर भाग्यौँ’’ उनले भनिन्, “दुई घण्टा टाढाको गोठमा अमिलो मोही र सातुको भरमा डेढ दिन कटायौँ। पहिरो रोकिएपछि युवा क्लवले यहाँ ल्याएर राखियो।’’
सबिनाका परिवारमा सात जना छन्। उनका श्रीमान् सन्देशले आफन्तलाई खाट मागेको र पानी नपरेको अवस्थामा घरमा गएर खानेकुरा ल्याएर खुवाउने गरेको बताए। “पानी पर्‍यो भने पहिरो खसिहाल्छ, घर जान सकिँदैन,’’ उनले भने, “पालेको कुखुरा, साँचेको चामल, दाल पनि सकियो। करेसाको तरकारी पहिरोले पुरेको छ। आमालाई पोषिला खानेकुरा नभएर दूधले नअघाएर बच्चा रोयको रोयै गर्न थालेको छ।’’
दुई महीनाअघि सुत्केरी भएकी हरिमाया विक र ३ महीना अघि सुत्केरी भएकी गिरु विक पनि पहिरोले घरमा बस्न जोखिम बनाएपछि सबिनासँगै दलित उत्थान सङ्घको भवनमा बसिरहेका छन्। पोषिला खानेकुरा खाएर आराम गर्नुपर्ने उनीहरू बिहान बेलुकी दाल, भात खाएर कष्टकर दिन बिताउन बाध्य भएका छन्।
“पहिराले घर कतिबेला पुर्छ भन्ने थाहा छैन। त्यही भएर सङ्घको भवनमा आएर बसेको हुँ,’’ हरिमायाले भनिन्, “पानी र चिसोले आमा छोरो नै पखला लागेर बिरामी भएका छौं।’’ राम्चेको सामुदायिक भवन र सडकमा बनाएको टहरामा १६ परिवार बसेको स्थानीय प्रेम लामगाडेले बताए।
पहिरोको डरले राति सुत्नका लागि गाउँभरिका सबै जना टहरा र राम्चे सामुदायिक भवनमा आउँछन्। पहिरो पीडित बस्नका लागि बनाइएको ठाउँमा शौचालय र खानेपानीको सुबिधा छैन। सन्तोष गौतम/रासस
" /> म्याग्दी। धवलागिरि गाउँपालिका–६ नामरुककी सबिना विक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ। घरवरिपरि पहिरोले घेरेपछि राम्चेस्थित दलित उत्थान सङ्घको भवनमा उनी बस्न थालेको १५ दिन भयो। असार २६ गते बिहान साढे सात बजेतिर पकाएको खाना छोडेर भागेकी सबिनाले घर फर्किएर बस्न सक्ने अवस्था नभएको बताइन्।
“खाना खान बसेको बेला आगनमुनिको उत्तिसको रुख ढल्यो, करेसाको उपल्लो गह्रासम्म पहिरो आएपछि मैले ठूली छोरी र छोरालाई समातें, श्रीमानले सानो छोरी समाएर भाग्यौँ’’ उनले भनिन्, “दुई घण्टा टाढाको गोठमा अमिलो मोही र सातुको भरमा डेढ दिन कटायौँ। पहिरो रोकिएपछि युवा क्लवले यहाँ ल्याएर राखियो।’’
सबिनाका परिवारमा सात जना छन्। उनका श्रीमान् सन्देशले आफन्तलाई खाट मागेको र पानी नपरेको अवस्थामा घरमा गएर खानेकुरा ल्याएर खुवाउने गरेको बताए। “पानी पर्‍यो भने पहिरो खसिहाल्छ, घर जान सकिँदैन,’’ उनले भने, “पालेको कुखुरा, साँचेको चामल, दाल पनि सकियो। करेसाको तरकारी पहिरोले पुरेको छ। आमालाई पोषिला खानेकुरा नभएर दूधले नअघाएर बच्चा रोयको रोयै गर्न थालेको छ।’’
दुई महीनाअघि सुत्केरी भएकी हरिमाया विक र ३ महीना अघि सुत्केरी भएकी गिरु विक पनि पहिरोले घरमा बस्न जोखिम बनाएपछि सबिनासँगै दलित उत्थान सङ्घको भवनमा बसिरहेका छन्। पोषिला खानेकुरा खाएर आराम गर्नुपर्ने उनीहरू बिहान बेलुकी दाल, भात खाएर कष्टकर दिन बिताउन बाध्य भएका छन्।
“पहिराले घर कतिबेला पुर्छ भन्ने थाहा छैन। त्यही भएर सङ्घको भवनमा आएर बसेको हुँ,’’ हरिमायाले भनिन्, “पानी र चिसोले आमा छोरो नै पखला लागेर बिरामी भएका छौं।’’ राम्चेको सामुदायिक भवन र सडकमा बनाएको टहरामा १६ परिवार बसेको स्थानीय प्रेम लामगाडेले बताए।
पहिरोको डरले राति सुत्नका लागि गाउँभरिका सबै जना टहरा र राम्चे सामुदायिक भवनमा आउँछन्। पहिरो पीडित बस्नका लागि बनाइएको ठाउँमा शौचालय र खानेपानीको सुबिधा छैन। सन्तोष गौतम/रासस
"> पहिरो पीडित परिवारको बिचल्ली, सुत्केरी र शिशुलाई समस्या: Dekhapadhi
पहिरो पीडित परिवारको बिचल्ली, सुत्केरी र शिशुलाई समस्या
म्याग्दी। धवलागिरि गाउँपालिका–६ नामरुककी सबिना विक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ। घरवरिपरि पहिरोले घेरेपछि राम्चेस्थित दलित उत्थान सङ्घको भवनमा उनी बस्न थालेको १५ दिन भयो। असार २६ गते बिहान साढे सात बजेतिर पकाएको खाना छोडेर भागेकी सबिनाले घर फर्किएर बस्न सक्ने अवस्था नभएको बताइन्।
“खाना खान बसेको बेला आगनमुनिको उत्तिसको रुख ढल्यो, करेसाको उपल्लो गह्रासम्म पहिरो आएपछि मैले ठूली छोरी र छोरालाई समातें, श्रीमानले सानो छोरी समाएर भाग्यौँ’’ उनले भनिन्, “दुई घण्टा टाढाको गोठमा अमिलो मोही र सातुको भरमा डेढ दिन कटायौँ। पहिरो रोकिएपछि युवा क्लवले यहाँ ल्याएर राखियो।’’
दुई महीनाअघि सुत्केरी भएकी हरिमाया विक र ३ महीना अघि सुत्केरी भएकी गिरु विक पनि पहिरोले घरमा बस्न जोखिम बनाएपछि सबिनासँगै दलित उत्थान सङ्घको भवनमा बसिरहेका छन्। पोषिला खानेकुरा खाएर आराम गर्नुपर्ने उनीहरू बिहान बेलुकी दाल, भात खाएर कष्टकर दिन बिताउन बाध्य भएका छन्।
“पहिराले घर कतिबेला पुर्छ भन्ने थाहा छैन। त्यही भएर सङ्घको भवनमा आएर बसेको हुँ,’’ हरिमायाले भनिन्, “पानी र चिसोले आमा छोरो नै पखला लागेर बिरामी भएका छौं।’’ राम्चेको सामुदायिक भवन र सडकमा बनाएको टहरामा १६ परिवार बसेको स्थानीय प्रेम लामगाडेले बताए।
पहिरोको डरले राति सुत्नका लागि गाउँभरिका सबै जना टहरा र राम्चे सामुदायिक भवनमा आउँछन्। पहिरो पीडित बस्नका लागि बनाइएको ठाउँमा शौचालय र खानेपानीको सुबिधा छैन। सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्