गोदावरी। कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।
पूर्वबाट पश्चिमतर्फ गईरहेको ना.६ ख ३२४० नम्बरको ट्रकले दर्बगोरियास्थित बौनियामा से. ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २६ वर्षीया सन्तोषी बोहराको मृत्यु भएको थियो।
मृतकका आफन्तले क्षतिपूर्ति र दोषीमाथि कारवाहीको मागसहित राजमार्ग अवरुद्ध गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
स्थानीयवासीको अवरोधका कारण गन्तव्यका लागि हिँडेका सवारीसाधन बौनिया बजारमै रोकिएका छन्। रासस
" /> गोदावरी। कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।पूर्वबाट पश्चिमतर्फ गईरहेको ना.६ ख ३२४० नम्बरको ट्रकले दर्बगोरियास्थित बौनियामा से. ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २६ वर्षीया सन्तोषी बोहराको मृत्यु भएको थियो।

">